alliance khabar

शनिबार, बैशाख २०, २०८२

काठमाडौँ, वैशाख २० गते ।

जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ ।

नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्‍याउनु भएको योगदान बापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र बललाई जनमत–ज्ञानरत्न÷मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो ।

वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललगायतले सम्मान अर्पण गर्नु भयो ।

जनमत वाङ्मय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित  गरेको र उक्त समारोहमा विशेष कारणले छुट्नु भएका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताउनु भयो । कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजालगायतले कवितावाचन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल