मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ […]
राजेन्द्र बहादुर राउत – हाल अमेरिका। मेरो विचारमा गैर आवासीय नेपाली संघ नेपाली भूमि बाहिर विदेशमा रहेका नेपाली र विदेशी नागरिकता लिएर विदेशमा बसोबास गर्ने नेपाली मूलका विश्वभरका नेपालीहरूको साझा संस्था हुनुपर्ने हो । यो संस्था गैर आवासीय नेपालीहरूको ज्ञान , सीप , अनुभव , पुँजी र प्रविधिको परिचालन र उपयोग गरी नेपालको आर्थिक एवं […]
काठमाडौँ – जेठ ६ गते । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रहरी वृत्त बौद्धका नव नियुक्त ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक शेखर जंग थापालाई स्वागत गर्नुभएको छ। कार्यक्रममा वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, र सामाजिक क्षेत्रमा सक्रिय विभिन्न सम्माननीय व्यक्तिहरूको […]
काठमाडौँ, जेठ ६ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,“माननीय उपप्रधानमन्त्री […]
काठमाडौँ, जेठ ६ गते । कृषि क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति आवश्यक रहेको सरोकारवालाले बताएका छन् । आइतबार भएको ‘कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी’ विषयक छलफलमा सहभागीले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक रहेको धारणा व्यक्त गर्नुुभएको हो । कार्यव्रmम नेपाल उद्योग […]
झापा, जेठ ६ गते । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर […]
तनहुँ, जेठ ६ गते । तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–३ सोलुङ स्थित कटोर्के सामुदायिक वनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ऋषिङ गाउँपालिका ३ बस्ने वर्ष ६२ की श्रीमाया राना र देवघाट गाउँपालिका २ बस्ने वर्ष २६ की खिमसरा मगरको मृत्यु भएको जिल्ला प्रहरी […]
काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने […]
काठमाडौँ, जेठ ६ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्म योग र आम्दानीले पछ्याउने छन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ […]