alliance khabar

आइतबार, आश्विन ११, २०८३

ताप्लेजुङ, असोज ११ गते ।

ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न (थन्क्याउन) भ्याइनभ्याइ छ । जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको अलैँची थन्क्याउने मौसम सुरु भएसँगै किसानलाई अलैँची टिप्न चटारो भएको हो ।

अलैँची थन्क्याउने समय भएकाले किसानलाई यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा भ्याइ–नभ्याइ भएको छ । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य मौसम भएकाले किसान यतिबेला व्यस्त भएका हुन् । वर्षा र झरी बादल नभनी यो समयमा किसानलाई अलैँची थन्क्याने चटारो भएको हो ।

अलैँची टिप्ने समय भएपछि ढिलो गरेमा वन्यजन्तुले खाएर नोक्सानी गर्ने हुँदा अहिले सबै काम त्यागेर अलैँची थन्क्याउनमा किसान व्यस्त भएका फुङ्लिङ नगरपालिका –४ का स्थानीय सुरज ओझाले बताउनुभयो । ओझा पनि पुख्र्यौली गाउँ मिक्वाखोलाको खोक्लिङमा अलैँची टिप्न व्यस्त रहनुभएको छ ।

अहिलेको मौसमी जोखिम अर्थात झरी वर्षाको चुनौती खेपेरै भए पनि अलैँची टिप्नमा आफूहरु व्यस्त भएको ओझाले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँका अधिकांश किसान अलैँची टिप्न र थन्क्याउन व्यस्त छन् । अलैँची टिप्न र थन्क्याउनलाई ढिलो गरेमा चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले खाएर नोक्सानी गर्ने भएकाले किसानहरु अलैँची बगान (बगैँचा) मा व्यस्त रहेको उहाँको भनाइ छ ।

असोज यता अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अलैँची थन्क्याउने चटारो भएको छ । किसानहरु अहिलेदेखि कात्तिक महिनाभर अलैँची थन्क्याउनमा व्यस्त हुने गर्छन् । जिल्लाको नौ स्थानीय तहमा रहेका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रमा अलैँची खेती हुनेगरेको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ चार हजार ५७८ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट करिव दुई हजार ३०० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । हिजोआज ताप्लेजुङमा अलैँची प्रतिमन (४० किलोग्राम) ८० हजार रुपियाँका दरले कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ