काठमाडौँ, पुस २४ गते: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो। कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरण नगरी सञ्चालनमा आएको उजुरीपछि […]
फिदिम, पुस २१ गते : जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दुध र मासुको अन्तराष्ट्रिय बजार विस्तार हुनका साथै स्वस्थ उत्पादनले मानव स्वास्थ्य र दुधजन्य वस्तुको बिक्री वापत प्राप्त हुने मूल्यमा सुधार आउने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पॉचथरले फिदिममा आयोजना गरेको […]
अँध्यारोमा बिरालोको आँखा चम्किएजस्तै बालबालिकाको आँखाको नानी पनि चम्किन्छ भने रेटिनोब्लास्टोमा भएको हुन सक्छ । विज्ञका अनुसार यति चेतनाको अभावमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) भएका बालबालिका ढिलो गरी अस्पताल पुग्ने गरेका छन् । यस्तो अवस्थामा प्रभावित बालबालिकाले दृष्टि गुमाउनुपर्ने एवं थप जटिलता हुन नदिन आँखाको गेडा नै निकाल्नुपर्ने हुन्छ । नेपाली कतिपय समुदायमा बालबालिकाको आँखामा सेतो टीका जस्तो देखिएमा त्यसलाई […]
तानसेन, पुस १६ गते । दुई करोडभन्दा बढी खर्च गरेर स्थापना गरेको कोभिड ल्याब अलपत्र अवस्थामा पुगेको छ । कोरोना सङ्क्रमणको जाँच हुन छाडेपछि दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको संरचना, ल्याबका सामग्री, कार्यालय तथा अन्य फर्निचर अलपत्र अवस्थामा रहेका छन् । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तानसेनको धोबीधारामा सञ्चालनमा ल्याएको कोभिड ल्याब निर्माणका […]
सुर्खेत, पुस १६ गते । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई भत्ताभन्दा पोसिलो खानेकुरा दिनुपर्ने आवाज उठेको छ । भत्ताको रकमले उनीहरूले मदिरा तथा अन्य फजुल खर्च गर्ने र स्वास्थ्यमा समस्या आउन थालेपछि उनीहरूलाई भत्ताको सट्टा पोसिलो खानेकुरा दिनुपर्ने जनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा राउटे समुदायलाई दिइने भत्तालाई […]
काठमाडौँ, पुस १६ गते । समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ । मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच […]
काठमाडौँ, पुस १४ गते । नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान […]
काठमाडौं, पुस १० गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको बताउनुभयो। उहाँले यो सरकारले पनि आम […]
नेपालगन्ज, पुस ८ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गरेको अभियोग ती मुद्दा जिल्ला प्रशासन कार्यालय बाँकेमा दायर भएका हुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार नेपालगन्ज १५ स्थित डिउ […]
जनकपुरधाम, पुस ८ गते । धनुषाको जनकनन्दनी गाउँपालिकाका किशोरीले सामाजिक सरोकारका मुद्दाहरु उठान गरी स्थानीय सरकारसँग सम्बोधन गराउन पहल सुरु गरेका छन् । प्लान इन्टरनेशनलको सहयोगमा सामुदायिक परिवार कल्याण संघले जनकनन्दनी गाउँपालिकाको कार्यालयमा सोमबार आयोजना गरेको गर्लस् टेकओभर कार्यक्रममा सहभागी भएका किशोरीले पालिका अध्यक्ष दिपिनदेव यादवलाई घोषणापत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, प्रजनन् स्वास्थ्य, सुरक्षा र संरक्षणका […]