alliance khabar

शनिबार, मंसिर २०, २०८२

फिदिम,मङ्सिर १९ गते ।

पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका-२ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो ।

कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प नेपालीले जानकारी दिनुभयो ।

केही महिना यता गाई दुब्लाँउदै जानुका साथै दाना कम खाने, जीउ नलाग्ने, उठन र हिँड्न अफ्ठेरो मान्ने जस्ता लक्षण देखिन थालेपछि समस्या पहिचान गर्न पशु चिकित्सक बोलाइएको  थियो।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट गएका पशु प्राविधिक पुष्प नेपालीसहितको टोलीले मेटल डिटेक्टर मेसिनबाट पेट भित्र फलाम रहेको पत्ता लगाएको थियो । त्यसपछि मुखबाट मेटल एसट्राक्टर (फलाम तान्ने धातु) छिराएर त्यहाँ भित्र रहेका किलाकाँटी झिकिएको नेपालीले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ