अाजकाे माैसम यस्ताे रहने

काठमाडौं ,असार १७ गते । मंगलबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। […]

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ। उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। […]

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको सङ्क्रमण देखिँदै

कञ्चनपुर, असार १३ गते ।  गर्मी र वर्षातको समयमा मात्र देखिने डेंगु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन […]

नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

काठमाडौँ, असार १० गते ।  नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित हुनुभएको छ । संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । यस्तै, अधिवेशनबाट संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित हुनुभयो । […]

सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा

स्याङ्जा, असार १० गते । कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट पालिकाका हरेक नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमा गर्ने नीति लिएकोमा आव २०८२/८३ को १७ औँ अधिवेशनको नीति तथा कार्यक्रममा समेत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले निरन्तरता दिनुभएको हो । घर घरमा स्वास्थ्य परीक्षण, विद्यार्थीको निःशुल्क परीक्षण, गर्भवतीलाई […]

नेपालमा पुष्टि भएको कोरोना ओमिक्रोनको पछिल्लो पुस्ता

काठमाडौँ, असार ९ गते ।  नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो । डा.बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ […]

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र

काठमाडौँ, जेठ २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै […]

स्वास्थ्य ऐनको तयारी

काठमाडौँ, जेठ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो । स्वास्थ्य सेवाका कर्मचारीको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ […]

लागु औषधसहित तीन युवक पक्राउ

सर्लाही, जेठ २३ गते ।  सर्लाही सदरमुकाम मलङ्गवाबाट ठुलो परिमाणमा लागु औषधसहित तीन युवक पक्राउ परेका छन् । लागु औषध ‘नाइट्राभेट–टेन’ लेखिएको ८९ पत्ता (दुई हजार ६७० चक्की) सहित मलङ्गवा नगरपालिका–१०, का २८ वर्षीय शनि झा, सोही ठाउँका २८ वर्षकै मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका–२, औरहीका १८ वर्षीय पङ्कजकुमार राउत पक्राउ परेका हुन् । उनीहरुलाई […]

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

बैतडी,  जेठ २१ गते । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड  पुष्टि हुनेमा  दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल