alliance khabar

बुधबार, कार्तिक १२, २०८२

पश्चिम नवलपरासी, कात्तिक १२ गते ।

 जनसमुदायको सक्रियतामा सञ्चालित पश्चिम नवलपरासीको एक मात्र सेवामुखी संस्था, सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ताले उपचार सेवाको स्तरमा फड्को मारेको छ । नाफामुखी उद्देश्यबाट पूर्ण रूपमा अलग रही स्थापित यस अस्पतालले विशेषज्ञ शल्यक्रिया सेवा (जनरल तथा ल्याप्रोस्कोपी सर्जरी) सञ्चालनमा ल्याएको हो ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४, चौपत्तामा अवस्थित सहिद स्मृति सामुदायिक अस्पतालले बृहत् सेवा विस्तारको क्रममा जनरल तथा ल्याप्रोस्कोपी (दूरबिन) सर्जरी सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालका अनुसार यो सेवाको प्रमुख विशेषता भनेको दुरबिन प्रविधिबाट समेत सर्जरी गरिनु हो । यो शल्यक्रिया सेवा सञ्चालनका लागि लुम्बिनी प्रादेशिक अस्पतालका अनुभवी सर्जन चिकित्सकहरुको उपस्थिति रहनेछ । उहाँहरूको नेतृत्वमा विभिन्न प्रकारका शल्यक्रिया तथा रोगहरूको उपचार सेवा यस अस्पतालमा उपलब्ध हुनेछ ।

स्थानीयस्तरमा नै विशेषज्ञ चिकित्सकसहितको शल्यक्रिया सेवा सञ्चालनमा आउँदा बिरामीहरूले टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । यो पहल नवलपरासीका नागरिकका लागि सहज र किफायती उपचारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नाफामुखी नभई पूर्ण रूपमा सेवामुखी उद्देश्यका साथ समुदाय स्तरबाट सञ्चालित पश्चिम नवलपरासीको एक मात्र सामुदायिक अस्पताल सहिद स्मृति अस्पताल चौपत्तामा शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।

यस सामुदायिक अस्पतालले आफ्नो सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि यसअगावै नेपालको पहिलो सामुदायिक अस्पताल, काभ्रेको धुलिखेल सामुदायिक अस्पतालसँग आवश्यक सहकार्य गर्ने सम्झौता गरिसकेको छ । धुलिखेल अस्पतालको प्राविधिक सहयोग र अनुभवले गर्दा सहिद स्मृति अस्पतालले स्थानीय स्तरमै  मापदण्डको सेवा प्रदान गर्न सक्ने विश्वास गरिएको छ ।

अस्पतालको स्थापना र इतिहास

सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र, चौपत्ता (बर्दघाट–१४, पश्चिम नवलपरासी) को स्थापना जनसमुदायको व्यापक पहलबाट भएको हो । वि.सं. २०६६ साल मङ्सिरमा महायज्ञ सम्पन्न गरी प्राप्त सहयोगबाट वि.सं. २०६७ साल वैशाखदेखि अस्पतालले निरन्तर रूपमा स्वास्थ्य सेवा पुर्याउँदै आएको छ ।

यो अस्पताल पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणी भेगलाई लक्षित गरी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरेर स्थापित भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल