राले (अमेरिका), जेठ १९ गते । विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले देश, देशको माटो र देशका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्यौँ भने नेपालले फड्को मार्ने बताउनुभयो । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले आइतबार डा. रुइतको सम्मानमा आयोजना गरेको भेटघाट कार्यक्रमपछि यस सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै डा. रुइतले सो कुरा गर्नुभएको हो । […]
नेपालगन्ज, जेठ १९ गते । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार सो क्रममा हालसम्म जिल्लामा करिब ७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिसकिएको छ । पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरेर स्वास्थ्य […]
चितवन, जेठ १२ गते । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो । दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया […]
नेपालगन्ज, जेठ ११ गते । नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्दा र सामान्य फोहोरमा सो फोहोर मिसाउँदा सरसफाइकर्मी सङ्क्रमणको अत्यधिक जोखिममा रहेका छन् । नेपालगन्ज उपमहानगरका विभिन्न शाखाका संयोजक र अस्पताल तथा स्वास्थ्य संस्थाको सहभागितामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो जोखिम औँल्याएका हुन् । बैठकमा बोल्दै नेपालगन्ज उपमहानगरको […]
खजुरा, जेठ ९ गते । कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्गता भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो । महिला विकास निरीक्षक तथा अपाङ्गता भएका […]
सुर्खेत, जेठ ९ गते । हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औलो र कालाजारका बिरामीको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुई जना औलोेका र एक जना कालाजारका बिरामी भेटिएको कार्यालयका कीटजन्य रोगसम्बन्धी व्यक्ति रवीन्द्र देवकोटाले बताउनुभयो । औलोका […]
भोजपुर, जेठ ७ गते । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ । अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका […]
काठमाडौँ, जेठ ४ गते । मिर्गौला प्रत्यारोपण गर्नुभएका सोलुखुम्बुका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि सगरमाथा चढ्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको छ । सगरमाथाको सफलतापूर्वक आरोहण गरी फर्किनुभएका शेर्पालाई काठमाडौँमा स्वागत गरिएको छ । उहाँलाई स्वागत गर्न अर्का मिर्गौला प्रत्यारोपी झम्क श्रेष्ठलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । शेर्पाले बुधबार बिहान ९ बजेर ३० […]
बर्दिबास, जेठ ३ गते । बद्लिदो जीवन शैली, अनावश्यक सोच र खानपानमा लापरवाहीजस्ता कारणले उच्च रक्तचाप प्रमुख स्वास्थ्य समस्या बन्दैगएको चिकित्सकको भनाइ छ । पहिले सम्भ«ान्त र शहरियामा देखा पर्ने यो समस्या अब ग्रामीण भेगमा पनि फैलिदै गएको उहाँहरुले बताउनुभयो । विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालले शनिवार बर्दीबासमा आयोजना गरेको […]
जमुनाह,जेठ १ गते । मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा किनबेच गर्न नपाउने भनी तोकिएको १० बर्से अवधि व्यतीत भइसक्दासमेत जग्गा फुकुवा नहुँदा सुकुमवासी, भूमिहीन, मुक्त कमैया मर्कामा परेका छन् । २३ वर्षअघि मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा उनीहरूले भोगचलन त गरिरहेका छन् तर आवश्यक परेको खण्डमा अन्य कुनै पनि काममा प्रयोग गर्न पाएका छैनन् । तत्कालीन […]