alliance khabar

शुक्रबार, कार्तिक २८, २०८२

रुकुमपश्चिम, कात्तिक २८ गते ।

रुकुमपश्चिमबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका ६ निवासी ३९ वर्षीया मोती बिकलाई शुक्रबार हेलिकोप्टर मार्फत रुकुमपश्चिमको सल्लेबाट सुर्खेत लगिएको हो ।

रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार स्वास्थ्य अवस्था गम्भिर भएको जानकारी जिल्ला अस्पतालले गराएपछि राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत उहाँलाई हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लिईएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख जीवन परियारका अनुसार बिकलाई आज बिहान जिल्ला अस्पतालको इमरजेन्सी सेवामा ल्याईएको थियो ।

उहाँको गर्भमा बच्चाको मृत्यु भएको, साल पाठेघरको मुखमा आएको, रक्त अल्पता समेत भएको र पानीको फोका फुटेको हुनाले मृत बच्चालाई अपरेशन गरेर निकाल्नुपर्ने अवस्था रहेको थियो ।

त्यसका साथै आमालाई भेन्टिलेटरका साथ आईसियुमा राखेर उपचार गर्नुपर्ने तर जिल्लामा उक्त सुविधा नभएपछि सुविधा सम्पन्न अस्पतालमा तुरुन्तै लैजान भनेर रिफर गरिएको थियो ।

बिकको आर्थिक अवस्था कमजोर भएकोले राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत हेलिकोप्टरको व्यवस्था गरेर उहाँको उद्धार गरिएको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो । हाल उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल