काठमाडौँ, मङसिर १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनु भएको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिदैँ मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“संयुक्त बैठकपछि निर्वाचनमा […]
काठमाडौँ, मङ्सिर १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको […]
काठमाडौँ, मङ्सिर १७ गते । ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतामा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैङ्कका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गर्नुभयो । आयोजनामा कुमारी […]
काठमाडौँ, मङ्सिर १७ गते । कार्यालयकै बैठक कक्ष वा कार्यकक्षमै गर्न सकिने छलफल पनि होटलमा गरेर बिल भुक्तानी गर्ने, विभागीय अधिकारीहरूको जिम्मेवारीमा पर्ने कामका लागि उपसमितिहरू बनाएर बैठक खर्च लिने कर्मचारी प्रशासनको खर्चालु प्रवृत्ति अहिले ठप्प छ । सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिने सरकारको नीति कार्यान्वयन क्रममा अहिले सरकारी कार्यालयहरूमा हुने कुनै पनि […]
बुटवल, मङ्सिर १७ गते । लामो समयदेखि रोकिएको बुटवल कृषि उपज थोक बजारको सटर भाडामा लगाउने टेन्डर प्रक्रिया अब अघि बढ्ने भएको छ । सरकारी निर्देशन अनुसार ६८ वटा सटरको टेन्डर खुल्ने तयारी भएको हो । रुपन्देही जिल्ला अदालतले दिएको आदेश अटेर गर्दै आएको बुटवल कृषि उपज सञ्चालन समितिलाई अब कृषि तथा पशुपन्छी विकास मन्त्रालय, […]
काठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक सर्वोच्चता तथा राष्ट्रिय हित कायमका लागि जेनजी विद्रोहको जगमा संविधानसम्मत र पृथक् रूपमा आफ्नो सरकार गठन भएको जिकिर गर्नुभएको छ । सरकार गठन र प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतमा जवाफ पठाउँदै प्रधानमन्त्री कार्कीले आवश्यकताको सिद्धान्तका आधारमा भए गरेका कामकारबाहीले वैधता पाउनेसमेत बताउनुभएको छ । सरकार […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउने छन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वृष (इ, उ, ए, […]
धरान, मङ्सिर १६ गते । स्वास्थ्य तथा जनसङ्या मन्त्री डा.सुधा गौतमले जेनजी आन्दोलनबाट बनेको सरकारको प्राथमिकता नै भ्रष्टचार मुक्त देश बनाउने रहेको बताउनुभयो । मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पत्रकारसँग भेटघाट गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । बिपी प्रतिष्ठानको निरीक्षण र सिनेटको बैठकको तयारीको लागि प्रतिष्ठान आएको उहाँले बताउनुभयो । जनतालाई […]
काठमाडौँ, मङ्सिर १६ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ । कर्णाली याक्सका मार्क वाटले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् । […]
काठमाडौँ, मङ्सिर १६ गते । नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ५० लाख रुपियाँ प्रदान गरेको छ । उक्त रकमसहित कोषमा आइतबारसम्म ११ करोड ८२ लाख रुपियाँ जम्मा भएको छ । उक्त कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]