alliance khabar

आइतबार, फाल्गुण २४, २०८२

बागलुङ (गलकोट) फागुन २४ गते ।

 ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ । ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको र २२ जना बुर्तिबाङ अस्पतालमा भर्ना भएर उपचाररत भएकाले थप सर्तकता अपनाउनका लागि आगमी २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिनुभयो ।

दादुराको सङ्क्रमण बढेकाले ढोरपाटना सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्यकर्मीहरूले सङ्कलन गरेको ५ वटा स्वाब परीक्षण गर्दा दादुरा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । साथै करिब ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ ।

सङ्क्रमण थप फैलिन नदिन नगरपालिकाको स्थानीय द्रुत प्रतिक्रिया समितिको मिति २०८२ फागुन २३ गतेको निर्णयअनुसार विद्यालय बन्द गरिएको हो ।

निर्णयअनुसार मिति २०८२ फागुन २५ गतेदेखि २७ गतेसम्म तीन दिनका लागि नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने जनाइएको छ । नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल