काठमाडौँ, फागुन २४ गते ।
काठमाडौँ–५ मा सम्पन्न निर्वाचनको परिणामपछि गतिशील लोकतान्त्रिक पार्टीकी सङ्घीय समिति सदस्य तथा महिला विभाग प्रमुख तथा अभिनेतृ निशा अधिकारीले मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत अभिनेतृ अधिकारीले काठमाडौँ–५ का सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै लोकतन्त्रमा चुनाव जित/हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेन्डा र विश्वासको अभ्यास पनि भएको कुरा उल्लेख गर्नुभएको छ । उहाँले चुनावको परिणाम जे भए पनि आफ्नो प्रतिबद्धता परिवर्तन नभएको स्पष्ट पार्दै नागरिकसँग घरदैलो संवाद निरन्तर जारी रहने उल्लेख गर्नुभएको छ । नागरिकसँग प्रत्यक्ष संवाद गर्दै नीति तथा एजेन्डामा आधारित राजनीति निर्माण गर्ने प्रयास जारी रहने उहाँको भनाइ छ ।