ग्यास वितरण सहज बनाउन निर्देशन

काठमाडौँ, फागुन ३० गते । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाई उपभोक्ताको अधिकार संरक्षण […]

इरानी नागरिकलाई आगमन प्रवेशाज्ञा बन्द

काठमाडौँ, फागुन ३० गते । सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) बन्द गरेको छ । पश्चिम एसियाका देशमा जारी तनावका कारण राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भन्नुभयो, “यसअघि इरानी नागरिकलाई नेपाल भ्रमणमा आउँदा अनअराइभल […]

औषधी उद्योगको बजार हिस्सा खुम्चँदै

काठमाडौँ, फागुन ३० गते । नेपाली औषधी उद्योगको बजार हिस्सा खुम्चँदै गएको छ । नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारले गरेको प्रयत्न र नयाँ औषधी उद्योग थपिने क्रम जारी रहे पनि औषधीको बजार हिस्सा भने अत्यन्तै न्यून अङ्कमा सीमित हुन पुगेको छ । नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को पछिल्लो तथ्याङ्क अनुसार नेपाली औषधीको बजार विस्तारमा […]

रास्वपा संसदीय दलको विधान संशोधन तयारी

काठमाडौँ, फागुन ३० गते ।  प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको […]

आज मिति २०८२ फागुन ३० गते , 14 march 2026 शनिबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मीयजनसँग भेटघाट हुने सम्भावना छ । रोकिएका घरेलु कामकाज बिस्तारै पूरा हुँदै जानेछन् । महत्वाकांक्षी योजनालाई गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । केही समय दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्ने भएकाले स्वास्थ्य प्रति सचेत रहनु […]

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चित नगरौँ : निगम

काठमाडौँ, फागुन २९ गते । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो । “नेपालको मासिक खपत ४५-४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म […]

अध्यक्ष ओलीका बुवाप्रति श्रद्धाञ्जली दिँदै बालेनले सम्झिनुभयो पिताको महिमा

काठमाडौँ, फागुन ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेता शाहले सामाजिक सञ्जालमार्फत एक शोक सन्देश जारी गर्दै पिताको महिमा र अभावका बारेमा मार्मिक धारणा व्यक्त गर्नुभएको छ […]

मल पर्याप्त नहुँदा सास्तीः नवनिर्वाचित सांसदको चासो

पश्चिम नवलपरासी, फागुन २८ गते  ।   कुनै समय अन्नको भण्डार मानिने पश्चिम नवलपरासीमा अचेल खेतबारीहरू बाँझै देखिन थालेका छन्। एकातिर युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दो छ भने अर्कोतिर खेतीपाती गरिरहेका किसानहरू पनि समयमा मल, बीउ र सिँचाइ नपाउँदा निरुत्साहित बन्दै गएका छन्। जिल्लाको भू–उपयोगको तथ्याङ्क हेर्ने हो भने यहाँको कृषि क्षेत्र निकै […]

चिकित्सा शिक्षा अध्ययनको गन्तव्य बन्दै जुम्ला

सिँजा (जुम्ला), फागुन २८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह मात्र होइन, पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानमा अहिले देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् । देशका सुविधासम्पन्न सहर छाडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनको गन्तव्य बन्न थालेको छ । अहिले नेपालका मात्र होइन, छिमेकी […]

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर,  फागुन २८ गते ।  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल