कल्याणपुर (सप्तरी), माघ १५ गते । नेपालकै पहिलो चन्द्रनहरको पुनर्निर्माणपछि जापान सरकारले बुधबार एक समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित आयोजित हस्तान्तरण समारोहमा जापानका राजदूत सिन्तो एसबारुले नेपाल सरकारका ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजात हस्तान्तरण गर्नुभएको हो । पूर्व तराई क्षेत्रका १० हजार पाँच सय हेक्टर […]
काठमाडौँ, माघ १५ गते । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल […]
काठमाडौँ, माघ १४ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो। उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उहाँको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। साथै नेपालको शान्ति […]
काठमाडौँ, माघ १४ गते । बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ । ग्लोबल छनोटअन्तर्गत मुलपानी मैदानमा बुधबार भएको सुपर सिक्स खेलमा बङ्गलादेशले थाइल्यान्डलाई ३९ रनले हरायो । यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई डिएसएल प्रणालीका आधारमा २१ रनले हराउँदै विश्वकपमा स्थान बनाएको हो । यस्तै अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई ३९ […]
सङ्खुवासभा, माघ १४ गते । कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ। कारागारको भौतिक र मानवीय अवस्थाबारे जानकारी लिन कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला कारागारमा क्षमता भन्दा चार गुणा कैदीबन्दी राख्दा मानवीय व्यवहारसमेत नहुने गरेको जनाएको छ । अनुगमन […]
बागलुङ, माघ १४ गते। हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ। गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो। रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार […]
काठमाडौँ, माघ १४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । महाशाखाकाअनुसार तराई भू–भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भवना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी […]
बागलुङ (गलकोट) माघ १३ गते । गण्डकी र लुम्बिनी प्रदेशको सिमाना पातीहाल्नेमा हिउँ खेल्ने पर्यटकको भिड लाग्न थालेको छ । शुक्रबार मध्यरातीदेखि हिउँ पर्न थालेपछि बिहानैदेखि पातीहाल्नेमा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् । हिउँले सेताम्य बनेको पातीहाल्नेमा पुगेका पर्यटकले भिडले यहाँको दृश्य निकै रोमाञ्चक देखिन्छ । पातीहाल्ने दुई प्रदेश तथा बागलुङ, रोल्पा र […]
काठमाडौँ, माघ १३ गते । नेपालीको प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]
गण्डकी, माघ १३ गते । होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । संस्थाको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी निर्वाचित बन्नुभएको छ । समितिका सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, […]