alliance khabar

बुधबार, जेठ ०६, २०८३

काठमाडौँ, जेठ ६ गते ।

नेपाली कांग्रेसको ‘निर्वाचन ब्युरो’ मा १७ जना सदस्य मनोनित हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा सदस्य मनोनित गर्नुभएको हो ।

ब्युरोको सदस्यमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भूमिराज चापागाईँ, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज विनोद पौडेल, जगन्नाथ लामिछाने र मिलनराज बर्तौला मनोनित हुनुभएको छ ।

उपसभापति भुसालको नेतृत्वमा गठित यस विशेष ब्युरोको मुख्य उद्देश्य पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने तथा आगामी निर्वाचनका तयारीहरूलाई तथ्याङ्क आधारित र वैज्ञानिक बनाउने रहेको छ । यसैगरी, देशका कुल ७५३ स्थानीय तह, छ हजार ७४३ वडा र सातवटै प्रदेशमा विस्तृत निर्वाचन योजना तयार पार्ने जिम्मेवारी ब्युरोलाई तोकिएको छ ।

कार्यवाहक मुख्य सचिव दुलालका अनुसार मतदाताको मनोविज्ञान र ग्राउन्डको वस्तुस्थिति विश्लेषण गरी पार्टीको उम्मेदवार छनोट प्रणालीलाई तथ्यपरक एवं वैज्ञानिक बनाउन यो ब्युरोले कार्य गर्नेछ । यसका साथै आगामी निर्वाचनका लागि स्पष्ट र प्रभावकारी चुनावी रणनीति तय गर्दै पार्टीको समग्र निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियानको संरचनामा रूपान्तरण गर्ने उद्देश्य ब्युरोको रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल