काठमाडौं, भदौ २७ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन । शितल निवासमा शुक्रबार आयोजित शपथ ग्रहण कार्यक्रममा उहाँहरुको सहभागिता देखिएन । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेको स्वास्थ्य अवस्था ठीक नभएको र […]
न्यायपालिकामा स्वच्छ छवि, निडर निर्णय र भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताका लागि परिचित उहाँलाई इमानदार, निष्पक्ष र साहसी नेतृत्वकर्ता मानिन्छ। काठमाडौं, भदौ २६ गते । नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की २०८२ भदौ २७ गते नेपालको नयाँ प्रधानमन्त्री बन्नु भएको छ। भदौ २३ बाट चर्किएको सरकारविरोधी ‘जेन जी आन्दोलन’का बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि विभिन्न […]
लेखनाथ, भदौ २७ गते। जेनजी आन्दोलनका क्रममा मङ्गलबार राति कास्की कारागार खाली गरी निस्केका कैदी, बन्दी फर्किन सुरु गरेका छन्। कारागारमा थ्रिफेज बिजुली जडानसहित अन्य व्यवस्थापन भएपछि ७० कैदी, बन्दी शुक्रबार फर्र्किइसकेको जेलर राजेन्द्र शर्माले जानकारी दिनुभयो। “७० जना आइसक्नुभयो, बाँकी पनि धेरै सम्पर्कमा हुनुहुन्छ,” शर्मा भन्नुहुन्छ, “हामी पूर्ववत् रुपमै सबै कैदीबन्दीलाई राख्न सक्ने अवस्थामा […]
काठमाडौँ, भदौ २७ गते। ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला […]
काठमाडौँ, भदौ २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।
रचनात्मक रूपमा संवादमार्फत समाधान खोजियोस् : महासचिव गुटेरेस संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्छौं : भारत समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास छ : चीन काठमाडौँ, भदौ २७ गते। नेपालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा […]
दमक, भदौ २६ गते । जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरु झापाको प्रहरी कार्यालयहरुलाई नियन्त्रणमा लिएर बिभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ । विहीबार जिल्ला प्रहरी […]
काठमाडौँ, भदौ २६ गते । सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ […]
तनहुँ, भदौ २६ गते । जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनीले अस्तव्यस्त बनेको तनहुँको सदरमुकाम दमौली विहीबारदेखि फेरि सामान्यतर्फ फर्किन थालेको छ । आन्दोलनको चरम उग्रतामा धमाधम बन्द भएका पसलहरु बिहानदेखि क्रमशः खुल्न थालेका छन् । नगरका मूल सडकमा सर्वसाधारणको चहलपहल बढेको छ । आन्दोलनका क्रममा दर्जनौँ कार्यालयमा आगजनी र तोडफोड हुँदा नगरभरी फोहोरको थुप्रो […]
काठमाडौँ, भदौ गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उहाँले भन्नुभयो । […]