हेटौँडा (मकवानपुर), माघ १६ गते । मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उहाँको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ । सूर्योदयसँगै उहाँ सामुदायिक वनतर्फ लाग्नुहुन्छ । झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम उहाँको नियमित कर्म बनेको छ । पात–पत्करका लागि डिपाट […]
म्याग्दी, माघ १६ गते । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् । हाल प्रतिकिलो एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो […]
काठमाडौँ, माघ १६ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ६५ कायम भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य […]
विराटनगर, माघ १६ गते । भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका […]
मोरङ माघ १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ । माघ १६ गते (शुक्रबार) सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनाका लागि योगदान दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको […]
काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण शुक्रबार देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, […]
सुर्खेत, माघ १५ गते । ४० वर्षीय रमेश परियार मुलुकमा चरम भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतीकरणलाई मान्नुहुन्छ । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उहाँ सुशासनको एजेन्डा बोकेर आफैँ चुनावी मैदानमा होमिनुभएको छ । उहाँ सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । दलीय व्यवस्थाले भ्रष्टाचार झाँगिएको भन्दै उहाँले स्वतन्त्र रूपमा देश र जनताको अपेक्षा […]
मकवानपुरगढी, माघ १५ गते । बागमती प्रदेश सभामा हालसम्म ८९ वटा कानुन निर्माण भएका छन् । बागमती प्रदशे सभाबाट ९० विधेयक पारित भए पनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् । एक विधेयक प्रदेश सभाबाट पारित भए पनि राजपत्रमा प्रकाशित हुन सकेको छैन । प्रदेश चिट्ठा विधेयक संसद्बाट पारित भए पनि प्रदेश प्रमुखबाट […]
दाङ, माघ १५ गते । दाङको घोराही उपमहानगरपालिका वडा १० जलौराका चन्द्रप्रसाद चौधरी पुनः मटाँवामा चयन हुनुभएको छ । उहाँ मटाँवा चयन भएको यो ४७ औं पटक हो। गाउँको साँस्कृतिक, सामाजिक, न्यायिक तथा विकास निर्माणको काममा अग्रणी भूमिका खेल्दैआएको मटाँवालाई थारू समुदायमा हरेक वर्ष माघ पर्वको अवसरमा मटाँवा चयन गर्ने गरिन्छ । यही क्रममा उहाँ […]
हुम्ला, माघ १५ गते । हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । गत शुक्रबार परेको हिमपातमाथि फेरि मङ्गलबार रातिबाट हिमपात सुरु भएपछि सडकमा बाक्लो हिउँ जमेकाले यातायात सेवा अवरुद्ध भएको हो । पाँच दिनअगाडि परेर सडकमा जमेको हिउँ पग्लिएर मङ्गलबार बिहानबाट सञ्चालन भएको यातायात सेवा सोही दिन रातिबाट पुनः हिमपात हुँदा उत्तरी […]