घटस्थापनादेखि सवारी साधनलाई रुट परमिट खुला

काठमाडौँ, भदौ ३१ गते । घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई  नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन […]

सचिवस्तरका २१ निर्णय : सिंहदरबारका कवाडी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लैजाने

काठमाडौँ, भदौ ३१ गते।  सरकारले सिंहदरबार परिसरमा जलेर पूर्णरुपमा क्षति भएर प्रयोगमा आउन नसक्ने सवारी साधन, विभिन्न यन्त्र, उपकरण तथा फर्निचर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा लैजाने तयारी गरेको छ। सचिवस्तरीय बैठकले २१ बुँदे प्रस्तावित निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी गराएको हो। त्यहाँबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रक्रिया बमोजिम तत्काल […]

बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ, भदौ ३१ गते।  विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ। नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो। असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन […]

रोजगारीका लागि भारत गएका चार जनाको मृत्यु

सल्यान, भदौ ३१ गते । भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको गाडी दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने जिल्लाका एकै गाउँका ४ जनाको हिमाचल प्रदेशको सिम्ला जिल्ला, कोटखाइमा पिकअप गाडी दुर्घटना हुँदा मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, […]

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

फुङलिङ, भदौ ३१ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व. खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका […]

कतै त्रिपाल कतै परिसरबाटै सेवा

तुलसीपुर, भदौ ३१ गते । जिल्लाका स्थानीय तहहरूका भवन जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । संरचनाहरू क्षतिग्रस्त अवस्थामा पुगे पनि स्थानीय तहहरूले भने कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु गरेका छन् । आन्दोलनका क्रममा दुई वटै संरचना क्षति पुगेका तुलसीपुर उपमहानगरपालिकाले सोमबारबाट परिसरमै त्रिपाल टाँगेर सेवा सुरु गरेको छ भने […]

सुनको मूल्य तोलाको दुई लाख १७ हजार

काठमाडौँ,  भदौ ३१ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । आज चाँदी […]

पर्यटकीय मौसममा होटेल सुनसान

बागलुङ, भदौ ३१ गते । भदौको महिनाभरि ढोरपाटन सिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’ मा पर्यटकको लर्को लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्व जस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटेल व्यवसायसँंगै गोठस्टे (खर्क गोठमा बस्ने) समेत फस्टाउँदै थिए । एकाएक जेनजीको आन्दोलन भयो, यहाँ आउने पर्यटक बाटोमै रोकिए, यहाँ आएका पर्यटक पनि त्रासमा बस्न […]

दीपावलीमा घर आउँछु भनेका विजय उतै अस्ताए

लहान, भदौ ३१ गते ।  जेनजी प्रदर्शनका क्रममा सहादात प्राप्त गरेका लहान वडा नम्बर–१५ का विजय चौधरी खेतीपातीको काम सकेर यही भदौ ५ गते काठमाडौँ गएको थियो । दीपावलीमा आएपछि घरको अधुरा काम पूरा गर्ने भनेर गएको विजयको भदौ –२३ गतेको जेनजी प्रदर्शनमा गोली लागेर ज्यान गयो । २९ वर्षीय विजयका पिता हरिप्रसाद चौधरी, आमा […]

यसरी जोगियो भूमि सुधार तथा मालपोत कार्यालय

भारदह(सप्तरी), भदौ ३१ गते ।  जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ । एउटै एरियामा रहेको सरकारी वकिलको कार्यालय, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर राजविराज इजलास, करसेवा केन्द्र राजविराज, जिल्ला हुलाक कार्यालय, भौतिक पूर्वाधार कार्यालय, सघन सहरी डिभिजन कार्यालय, जिल्ला […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल