alliance khabar

सोमबार, जेठ ११, २०८३

बागलुङ, जेठ ११ गते ।

 दक्षिण बागलुङको जैमिनी नगरपालिकाले सुकुमवासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहीन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई आवासको व्यवस्था गरिएको हो ।

आवास पाउनेमा अधिकांश दलित समुदायका परिवार रहेका छन् । स्थानीय सरकारले आवासको व्यवस्था गरिदिएपछि सुकुमवासी परिवारमा खुसी छाएको छ । जैमिनीले आफ्नै बजेटबाट चालु आर्थिक वर्षमा १५ वटा र गत वर्ष तीन घर निर्माण गरेको थियो ।  आवास पाउनेमा मुहमद बसिर मियाँ, मुमिना खातुन, रत्नखर पाध्यालाई वडा नं. १ को कुस्मीशेरा, शान्ति सुनार, सुविकला परियार, देवीराम विक, कोपिला परियारलाई वडा नं. २ तल्लो दमेकमा आवास निर्माण गरिएको छ । त्यसै गरी मनमाया विक, कौशिला विक, लीलावती पुनलाई वडा नं. ३ माथिल्लो दमेक, द्रुपदा उपाध्यायलाई वडा नं. ६ अर्जेवामा घर बनाएर हस्तान्तरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखाका महिला विकास निरीक्षक देवी विकले जानकारी दिनुभयो । विकका अनुसार कुलबहादुर सुनार, सन्तबहादुर विक र रीता नेपालीलाई वडा नं. ७, जैदीमा, सन्तबहादुर विक, सोमनाथ विक, मनबहादुर दमै, कर्णबहादुर दर्जी, सन्तर विकलाई वडा नं. ८, छिस्तीमा आवासको व्यवस्था गरिएको छ ।  सुकुमवासी परिवारलाई घर निर्माणका लागि जग्गा खरिद गर्न एक लाख र घर बनाउन दुई लाख रुपियाँ उपलब्ध गराइएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । पालिकाका कोही पनि नागरिक आवासविहीन बन्न नपरोस् भनी जैमिनीले कार्यविधि नै बनाएर सुकुमवासी, घरविहीन र विपत्पीडितलाई साथ दिँदै आएको छ ।  गाउँघरमा विद्युत्को वायरिङ गरेर परिवार पाल्दै आउनुभएका जैमिनी–१, कुस्मीशेराका मुहमद बसिर मियाँले घर बनाउन स्थानीय सरकारको साथ पाएपछि परिवारको बसाइ सुखद बनेको बताउनुभयो । मियाँले भन्नुभयो, “हिजो सुकुमवासी थियौँ, अहिले आफ्नै घरको मालिक भएका छौँ ।” घर तयार गर्न तीन लाख रुपियाँ पर्याप्त नभए पनि सुकुमवासी परिवारलाई सम्मानजनक जीवनयापनको वातावरण तयार गर्न स्थानीय सरकारले दायित्व निर्वाह गरेको शर्माको भनाइ छ । नगरपालिकाले सुकुमवासी परिवारलाई तीन लाख, आर्थिक अवस्था कमजोर भई घरविहीन बनेकालाई दुई लाख र विपत् प्रभावित घरविहीनलाई दुई लाख ५० हजार रुपियाँ दिँदै आएको छ । शर्माले भन्नुभयो, “आन्तरिक स्रोतको परिचालन गरी दीर्घकालीन योजना बनाएर काम गर्दा जैमिनीलाई सुकुमवासीमुक्त पालिका बनाउन सफल भएका छौँ ।” आवासको व्यवस्थापछि सुकुमवासीमुक्त पालिका घोषणा गर्ने जैमिनीले तयारी गरेको छ ।

जैमिनी नगरपालिकामा जनप्रतिनिधि आएपछि ६३ घरविहीन परिवारलाई घर निर्माणमा साथ दिएको छ । कतिपय घर निर्माणमा जैमिनीले आफ्नै बजेट परिचालन गरेको छ भने कतिपय घर जिल्ला विपत् कोषसँगको सहकार्यमा बनेका छन् । नगरपालिकाले खरका छाना विस्थापित गर्ने काम पनि गर्दै आएको छ । यो कामले गरिबीका कारण खरको छानासमेत फेर्न नसकेका विपन्न परिवारलाई राहत मिलेको छ । जस्तापाताले घर छाएपछि बर्सेनि छाना फेरिरहनुपर्ने बाध्यताको अन्त्य भएको जैमिनी दमेककी कृष्णकुमारी विकले बताउनुभयो । खरका छाना विस्थापित गर्न नगरपालिकाले लाभग्राहीलाई २१ देखि ४५ हजार रुपियाँसम्म उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल