उर्लाबारी, कात्तिक ५ गते : भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारु चौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनकुमार प्रधान र कानेपोखरी गाउँपालिकाका नगर प्रहरीका इन्चार्ज युवराज भुजेलको संयुक्त टोली माछा बोकेर ल्याएका दुई वटा मोटरसाइकल सहित माछा नियन्त्रणमा लिएको हो ।नगर […]
नवलपुर, कात्तिक ५ गते : नेपाली भूमि भएर पनि सुस्ता भन्नेबित्तिकै भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडिरहेको एउटा सानो गाउँ भन्ने बुझिन्छ । यहाँका साढे तीन सय परिवार सधैँभरि सुस्ता बचाउन लडिरहे । नारायणी नदीमा पुल नहुँदा सुस्तावासीले आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुको विकल्प थिएन । त्यसमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) […]
ताप्लेजुङ, कात्तिक ४ गते । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो । अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर […]
हेटौँडा, कात्तिक ४ गते । उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् । थाहा नगरपालिका–१० मा हरेक वर्ष कात्तिक १ गते लाग्दै आएको चम्पाकेश्वर महादेवको […]
काठमाडौँ, कात्तिक ४ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ । नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आइतबारदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो । आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको […]
काठमाडौँ, कात्तिक ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत असोज ११ र १२ गतेको बाढीपहिरोले क्षति पुर्याएको दोलखाको अप्पर तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलसहित प्रभावित स्थल पुगेका मन्त्री खड्काले आयोजना पूनर्निर्माणमा सरकारले पूर्ण […]
दोलखा, कात्तिक ४ गते । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ । तयार पारिएको एप जडान गरेका कारण आफ्नो वडावासीलाई पानीको मात्रा र पहिरो जान सक्ने अवस्थाबारे सुसूचित गराउन सकिएको वडा नं. १ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्नेछ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । वृष […]
क्यानबेरा (अस्ट्रेलिया), कात्तिक २ गते : अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टिफन जोन्सले सरकार केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधीनमा २०२६ बाट बिक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिबन्ध गर्न तयार रहेको घोषणा गर्नुभयो । अस्ट्रेलियालीहरूले […]