सरकारी सञ्चार माध्यममा मातृभाषाका सेवा थप भएकामा स्वागत

काठमाडौँ, कात्तिक ५ गते । सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न मातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ को ध्यानाकर्षण बुझाउने क्रममा सहभागी नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले राष्ट्रिय समाचार समिति (रासस) बाट नेपाल भाषा र मैथिली […]

चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

उर्लाबारी, कात्तिक ५ गते ।  काठमाडौंको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ  । चित्लाङ फुटबल क्लबको जितका लागि १६ओैँ  मिनेटमा बिदेशी खेलाडी हेनरीले गोल गर्नुभयो । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरि बचाउनुभएको थियो […]

पर्यटन मन्त्रालयको सय दिन : आगामी यात्राको आधारशिला तयार

काठमाडौँ, कात्तिक ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ । वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला […]

कांग्रेसको नीति प्रतिष्ठानमा १८ सदस्य मनोनीत

काठमाडौँ, कात्तिक ५ गते । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गर्नुभएको छ । उहाँले प्रतिष्ठानको सदस्यमा आज कविराज पण्डित, जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला वर्मा, केदारनरसिंह केसी, रिना उप्रेती (केसी), वीरेन्द्र यादव, कृष्णप्रसाद पौडेल, भरत प्रसाईँ, कमल कार्की, बलदेव […]

अब साङ्गठनिक र नीतिगत सुधारमा केन्द्रित हुन्छ : कृषिमन्त्री

काठमाडौँ, कात्तिक ५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनुपर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताउनुभएको हो । नीतिगत सुधारका केही कामहरू पनि थालनी […]

स्टिमर सेवा पुनः सुरु

तम्घास, कात्तिक ५ गते : जेठ महिनाबाट कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु भएको छ । वर्खायामको समयमा पानीको बहाव बढेका कारण स्याङ्जाको आधीमुहान मिर्मीदेखि सेतीवेणीसम्म स्टिमर सेवा बन्द रहेको थियो । कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो साताबाट सुचारु भएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो । गुल्मी खण्डको […]

धान डुबाएपछि किसान चिन्तामा

रौतहट, कात्तिक ५ गते : काटेर खेतमै सुकाएको धान शनिबार राति परेको पानीले डुबाएपछि रौतहटका किसान चिन्तित भएका छन् । दसैँ सकिएसँगै उत्साहका साथ धान भिœयाउन जुटेका किसानको धान काटिसकेपछि एक्कासि डुबानमा प-यो । चन्द्रपुर नगरपालिका–६ का किसान रमेश कोइरीको १० कट्ठामा लगाएको धान खेतमै डुबेको छ । उहाँ भन्नुहुन्छ, “भकारीमा पुग्नुपर्ने धान खेतमै डुबेपछि धान पाँजामै उम्रने […]

तिहारका लागि फूल तयार

बुटवल, कात्तिक ५ गते : आउँदै गरेको तिहारका लागि रुपन्देहीका महिलाले खेती गरेको फूल तयार भएको छ । तिलोत्तमा नगरपालिका–१, नयाँ मिलमा महिलाले लगाएको फूल तिहार नजिकिँदै गर्दा टिपेर माला उन्न तयार भएको हो । तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर दुई वर्षदेखि महिलाले व्यावसायिक फूल खेती गर्न थालेका हुन् । समूहकी अध्यक्ष सीता पाठकले भन्नुभयो, “गत वर्ष साढे […]

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौँ, कात्तिक ५ गते : अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो । यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले […]

दसैँपछि गाउँ सुनसान

तनहुँ, कात्तिक ५ गते : दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् । दसैँ  मनाउन बिदामा गाउँ आएका आआफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेको व्यास नगरपालिका–८ का […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल