alliance khabar

सोमबार, पुष ०८, २०८१

नेपालगन्ज, पुस ८ गते ।

 खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गरेको अभियोग ती मुद्दा जिल्ला प्रशासन कार्यालय बाँकेमा दायर भएका हुन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार नेपालगन्ज १५ स्थित डिउ ड्रप ड्रिङ्किङ वाटर उद्योगले पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ विपरित मापदण्ड नपुरयाइ उद्योग सञ्चालन गरेको, नियमित पानीको परिक्षण नगरेको, उद्योगको परिसर फोहोर राखेको तथा खाद्य निरिक्षण अधिकारीले निरिक्षणको क्रममा दिएको निर्देशन पालना नगरेको अभियोगमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रशान्त पोखरेले जनाउनु भयो । सो उद्योगसँग चार लाख ५० हजार मागदावी राखिएको छ ।

प्रमुख पोखरेलका अनुसार अर्को मुद्दा वाई के ड्रिङ्किङ वाटर उद्योग विरुद्ध अघिल्लो महिना दायर गरिएको थियो । त्यस्तै, गत कात्तिक २५ मा नेपालगन्ज १८ स्थित क्वालिटि चाउमिन उद्योगले लेबल नलगाई चाउमिनको बिक्रि वितरण गरेको पाईएकोले तत्काल खाद्य ऐन २०२३ अनुसार मुद्दा दर्ता भएको थियो ।

बाँके र बर्दिया जिल्लामा कार्यालयले निरिक्षण गर्दा खाद्य स्वच्छताको प्रतिकुल खाद्य वस्तुमा मिसावट गर्ने, अनुमति पत्र नलिई खाद्य व्यवसाय संचालन गर्ने, प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्रि वितरण गर्ने गरिएको पाइएकोमा त्यस्ता उद्योगीलाई सचेत गराइएको कार्यालयले जनाएको छ ।

सचेत गराउँदा पनि अटेरी गर्नेहरुलाई कानूनी कारवाही गरिने पोखरेलले बताउनुभयो । उहाँले सो कार्यालयलाई दाना बजार र उद्योगको समेत अनुगमन गर्ने र दानामा मिसावट भए नभएको अनुगमन गरी कारवाही गर्ने अधिकार रहेको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल