चितवन, ३० असोज : चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन हुनुभएको छ । सोमबार अबेर सम्पन्न अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे रहनुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा […]
काभ्रेपलाञ्चोक, ३० असोज : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ । नगरले लम्पीस्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया मरेका किसानलाई राहत दिएको हो […]
राँझा (बाँके), २९ असोज ः ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन गर्न थालेका हुन् । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेका […]
बेदकोट (कञ्चनपुर), २९ असोज ः ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन् । घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । […]
काठमाडौँ, २९ असोज ः टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गर्नुभयो । […]
मलेखु (धादिङ), २९ असोज ः धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो । राष्ट्रिय विभूतिको सम्मान गर्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बीचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो । सालिकसँगै कलात्मक ढुङ्गेधारा पनि निर्माण […]
वीरगञ्ज, २९ असोज ः हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ । राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । वर्तमान परिस्थितिलाई […]
गोरखा, २९ असोज ः गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । “स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट हुने आयातलाई […]
काठमाडौँ, २८ असोज : विधागत पत्रकारिताबारे दुईवटा आलेख प्रकाशन भएपछि प्राप्त केही टिप्प्णीले मलाई यस विषयमा लेख्न थप प्रोत्साहित गरेका छन् । प्रशंसा वा आलोचना होइन, यसबारेमा थप जानकारी चाहियो भन्ने कतिपय पत्रकार मित्रहरुको व्यक्तिगत आग्रहले मलाई यसै विषयमा थप लेख्न प्रेरित गरेको हो । विधागत पत्रकारिता शब्द अङ्ग्रेजीको ‘बिट रिपोर्टिङ’बाट अनुवादित छ । शब्दकोषहरूले […]
काठमाडौँ, २८ असोज : नेपाल सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित भएको छ । विभिन्न माग राखेर विगत १४ दिनदेखि काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच गए राति सहमति भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, […]