alliance khabar

आइतबार, पुष १४, २०८१

बाजुरा, पुस १४ गते ।

बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बस्न बाध्य छन् । लगातार तीन वर्षसम्म गएका भूकम्पले घर चर्किएका छन् । त्यही घरमा बस्न उनीहरू बाध्य छन् । पछिल्लो भूकम्प पुस ६ गते गएको थियो ।

भूकम्पले घर चर्किएर जोखिममा परेको भए पनि उनीहरूलाई अहिलेसम्म कुनै वैकल्पिक आवासको व्यवस्था नभएपछि त्यही घरमा बस्न बाध्य भएका हुन् । पहिला गएको भूकम्पले चर्किएको घर अहिले त्यसैमा फेरि चिरा चिरा परेको छ । बाहिर चिसो भएपछि अहिले यसै चर्किएको घरमा बस्न बाध्य भएको जगन्नाथ गाउँपालिका–५ का गइकला दमाईले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले घर चर्किएको भए पनि आफूसँग अन्य केही व्यवस्था नहुँदा यसै घरमा बास बस्ने गरेकी छु ।

बाहिर बसौँ चिसो छ । भित्र बसौँ फेरि भूकम्प आएर च्यापिने चिन्ता छ । अन्त जाऊँ कतै ठाउँ छैन ।” बाहिर चिसो भएकाले ज्यान जोखिममा राखेर यसै घरमा बास बस्न बाध्य भएको दमाईले बताउनुभयो । गौमूल, हिमाली, बुढीगङ्गा, बडीमालिकालगायतका अधिकांश घर २०७९ माघ १० गतेको भूकम्पले चिरा चिरा पा¥यो । अहिले फेरि यही पुस ६ गते गएको भूकम्पले जगन्नाथ गाउँपालिकामा झन्डै १२३ घर जोखिममा रहेका छन् ।

यहाँका अधिकांश गाउँमा प्रायः माटो र ढुङ्गाले घर निर्माण गर्ने गर्छन् । यहाँ पटक पटक गएको भूकम्पले पनि यिनै घरमा क्षति गर्ने गरेको छ । यहाँका स्थानीयलाई अहिलेसम्म भूकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास बस्नु परेको छ । लामो समयसम्म पुनः निर्माणको काम नभएपछि उनीहरूलाई अहिले चिसोमा पनि चर्किएको घरमा बास बस्नु परेको हो । घर सबै चिरा चिरा परेका छन् । उनीहरूलाई त्यो घरमा बास बस्न समस्या छ । अहिले उनीहरूलाई तत्काल त्रिपालको व्यवस्था गरेको भए पनि उनीहरूलाई घरबासका लागि भने समस्या भएको जगन्नाथ गाउँपालिका–५ का वडाध्यक्ष गौरी सार्कीले बताउनुभयो ।

पुस ६ गते गएको भूकम्पले घर क्षति भएकालाई अहिले त्रिपाल भाँडावर्तनको वितरण गरेको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराका संयोजक तथा बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७९ सालमा गएको भूकम्पले यहाँका धेरै घरमा क्षति भएका छन् । उनीहरूले पनि पहिलादेखि अहिलेसम्म घरबास व्यवस्थाका लागि माग गर्दै आएका छन् । यहाँका भूकम्पपीडितको घरबासका लागि गृह मन्त्रालयसँग १५ करोड रुपियाँ माग गरेको बताउँदै उहाँले उताबाट त्यो रकम आएपछि पीडितका लागि अस्थायी टहराको व्यवस्था गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल