alliance khabar

शुक्रबार, पुष १२, २०८१

जनकपुरधाम, पुष १२ गते ।

मधेश प्रदेशका पत्रकारलाई एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्ने विषयमा मधेश प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीविचमा शुत्रबार सम्झौता भएको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश प्रदेशका पत्रकारको सामुहिक दुर्घटना तथा औषधी उपचार (स्वास्थ्य) बीमा सम्झौता कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र राष्ट्रिय बीमा कम्पनीका बजार विभाग प्रमुख एवम व्यवस्थापक देवराज घिमिरेविचमा सम्झौता भएको हो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालय मातहतका निकाय आम सञ्चार प्राधिकरण मधेश प्रदेशले प्रतिव्यक्ति स्वास्थ्य बीमाका लागि दुई हजार सातसय र दुर्घटना बीमाका लागि एक हजार दुईसय ७५ पैसागरी जम्मा तीन हजार सातसय दुई रुपियाँ प्रिमियम बीमा कम्पनीलाई बुझाउने कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रमलाई सम्बोधन गदै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले सञ्चारकर्मीको पीडा र कठिनाइ आफूले राम्ररी बुझेको कारण सञ्चारकर्मीको बीमा, सुरक्षा र सवलीकरणका लागि केही कामकाज अघि बढाएको बताउनुभयो । उहाँले देशको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई सम्मान गर्नुपर्नेमा जोड दिदै पत्रकारलाई सम्मानका लागि समेत आफनो मन्त्रालयले छिटै कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी निष्ठापूर्वक काम गर्न चाहन्छौ । त्यसमा सञ्चारकर्मीको साथ र सहयोग आवश्यक छ । तपाईहरु सहयोग गर्नुस् । पत्रकारजस्तै मधेश प्रदेशका शहिद परिवारलाई समेत बीमा कार्यक्रममा सहभागी गराउने मन्त्रालयले लक्ष्य लिएको छ ।’

कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य एवम पत्रकार महासंघ धनुषाका पूर्व सभापति रामअशिष यादवले पत्रकारको योगदानका कारण देशमा संघीयता र गणतन्त्र आएको भन्दै राज्यले पत्रकारको हकहितका लागि सदैव तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणले गत वर्ष १५० जना महिला पत्रकारको स्वास्थ्य बीमा गराएकोमा तीन जना पत्रकारले लाभ लिएको भन्दै यस वर्ष महिला र पुरुष गरी ७५० पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा गराउने लक्ष्य आम सञ्चार प्राधिकरणको राखेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले बीमा कम्पनीहरुले सेवाग्राहीलाई लाभ दिने बेलामा प्रक्रिया नै असहज पार्ने गरेको भन्दै सुधारका लागि सम्बन्धित दुवै पक्षलाई आग्रह गर्नुभयो । राष्ट्रिय बीमा कम्पनीका बजार विभाग प्रमुख एवम व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीका व्यवस्थापक निरञ्जन आर्चायले बीमा पोलिसीवारेमा जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल