सहकारीको रकम हिनामिनामा संलग्नलाई कारबाही हुन्छ : मन्त्री अधिकारी

तानसेन, कात्तिक २८ गते : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम हिनामिनामा संलग्न जोकोही भए पनि कारबाहीमा पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले बुधबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारीको रकम हिनामिना गर्ने मानिसलाई सरकारले कानुनअनुसार कारबाही गरेरै छाड्ने बताउनुभयो । उहाँले कानुन […]

मन्त्रालय फुटाएर १३ बाट १४ बनाइयो

हेटौँडा, कात्तिक २८ गते : बागमती प्रदेश सरकारले पुनः मन्त्रालय फुटाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा अब १४ वटा बनाउने निर्णय गरेको हो । यो निर्णयसँगै आर्थिक मितव्ययिताको प्रतिबद्धतासहित बनेको नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकारले विरोधका बिच मन्त्रालय टुव्रmाएर […]

अझै पुगेन खानेपानी

गैँडाकोट, कात्तिक २८ गते : पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहे पनि यहाँको मुख्य राजमार्गबाट १० किलोमिटर उत्तरमा रहेको ढोँडेनीगाउँमा अझै खानेपानी पुगेको छैन । गैँडाकोट नगरपालिका–३, ढोँडेनीगाउँका चार सय घरपरिवार बर्सौंदेखि खानेपानी सुविधाबाट वञ्चित छन् । त्यहाँका चार सय घरपरिवारका झन्डै दुई हजार स्थानीय शुद्ध खानेपानीबाट वञ्चित हुनु परेको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष […]

नारायणगढ–बुटवल सडक : ठेकेदारलाई दबाब, तीन जिल्लाका जनप्रतिनिधि एक ठाउँमा

नवलपुर, कात्तिक २८ गते : नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधि एक भएर दबाब दिने भएका छन् । सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देहीका जनप्रतिनिधिले एक भएर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका हुन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा मङ्गलबार भएको संयुक्त छलफलमा चिनियाँ ठेकेदार कम्पनीले काम सुरु नगरेकाले प्रधानमन्त्रीसहित सङ्घीय […]

२०८१ कार्तिक २८ गते – 13, Nov, 2024, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) […]

आज कोप–२९ शिखर सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन

बाकु, कात्तिक २७ गते : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दै हुनुहुन्छ । ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु आइपुग्नुभएको हो […]

‘ब्रेन डेथ’ भएकाको अङ्ग अन्यमा प्रत्यारोपण गर्ने तयारी

धरान, कात्तिक २७  गते : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘ब्रेन डेथ’ भएका व्यक्तिको विभिन्न अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गरेर उपचार गर्नका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सोमबार धरान उपमहानगरपालिकामा कार्यकर्तासँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।  मानिसको ‘ब्रेन डेथ’ भई मृत्यु भएको २४ घण्टाभित्र आँखा, मुटु, मिर्गौला, फोक्सो, कलेजो छालालगायतका अङ्ग निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण […]

लुम्बिनी विकास कोषको बजेट ७७ करोड ५५ लाख

लुम्बिनी, कात्तिक २७ गते : लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले रु. ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज […]

गौरीशङकर उपाध्यक्षमा उम्मेदवारको चुनावी कार्यक्रमबाट प्रतिस्पर्धा सुरु

दोलखा, कात्तिक २७ गते : दोलखाको गौरीशङकर गाउापालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको बताइएको छ । उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) […]

टिकटमा जिल्लाको सिफारिसलाई मान्यता

जनकपुर, कात्तिक २७ गते : मधेश प्रदेशको सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । ती स्थानमा उम्मेदवार बनाउन नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले जिल्ला कार्यसमितिको सिफारिस अनुसार उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ । यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मधेशमा सात वटै वडास्तरको  निर्वाचन क्षेत्रलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति परिचालन गर्ने निर्णय गरेको छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल