alliance khabar

सोमबार, पौष २९, २०८१

तानसेन, पुस २९ गते ।

माघ १ गतेदेखि सुरु हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको हो ।

नेपालको चार धाममध्ये एक रुरु क्षेत्र रिडी धाममा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिन धार्मिक मेला लाग्ने गरेको छ । मेलाका लागि आवश्यक सबै तयारी पूरा गरिएको स्थानीय आयोजकले जनाएको छ । संक्रान्ति मेलाको अवसर पारेर तीन जिल्लाले आ–आफ्नो क्षेत्रमा कार्यक्रम गर्ने तयारी थालेका छन् ।

पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजन कृतन, पूजापाठ, भण्डारा, दान पुन्यजस्ता कार्यक्रम गरिने तयारी गरिएको छ । विभिन्न जिल्लाबाट रिडीमा स्नान गर्न आउने भक्तजन पाल्पातर्फको ऋषिकेश मन्दिरमा पूजा गर्न आउने गर्दछन् ।

यस्तै, गुल्मीतर्फ उद्योग वाणिज्य सङ्घ र रुरु फ्रेन्डस क्लबलगायतका सङ्घ संस्थाले वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । रिडीमा आउने भक्तजनलाई मनोरन्जन प्रदान गर्नेगरी हरेक वर्ष व्यापार मेलाको आयोजना गरिएको रुरु फ्रेन्डस क्लबका अध्यक्ष सोभित थापाले जानकारी दिनुभयो । यस्तै, स्याङ्जातर्फ वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।

संक्रान्ति मेलामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, रुकुम, रोल्पा, काठमाडाँै, दाङ, परासीलगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन् । परापूर्वकालदेखि नै कालीगण्डकी नदीमा स्नान गरे जस्तोसुकै पापबाट मुक्त भइने जनविश्वास रहेको छ ।

यहाँ आउने भक्तजनले नदीमा स्नान गरेपछि भगवान ऋषीकेशको दर्शन गर्ने र दानपुन्य कार्यमा सहभागी हुने, जपतर्पण मार्जन गर्नाले देव ऋण पितृऋण र ऋषि ऋणबाट मुक्त हुने विश्वास रहेको छ ।

मेलामा सहभागीले आफूले घरबाट उत्पादन गरेका वस्तुको बिक्री गर्ने गर्छन् । उनीहरूले भेडाका ऊनबाट बनेका काम्ला, ढाका, राडी, पाखी, आस्कोट, सुइटरसमेत बिक्रीका लागि ल्याउने गरेका छन् । यस्तै, फलफुल, तरकारी, चोयाबाट बनेका सामग्री, फलामका सामग्री, ओखर, किसमिस, टिमुर, गुँड, घाँजीलगायतका खाद्य वस्तु बिक्रीका लागि ल्याएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल