alliance khabar

सोमबार, पौष २९, २०८१

काठमाडौं, पुस २९ गते :  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औं राष्ट्रिय अधिवेशनमा बोल्नुहुँदै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।

उहाँले व्यावसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेस्टुरेन्टहरूले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरू उठ्दै आएकाले त्यसमा विचार पुर्‍याउन व्यावसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले हाटेल तथा फास्ट फुडहरू ठुलो स्पेस र पूर्वाधारहरूले मात्रै पाँच तारे हुन नसक्ने जानकारी दिनुभयो ।

उपप्रमुख डंगोलले पाँच तारे हुनका लागि गुणस्तरीय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा रहेको भनाइ व्यक्ति गर्नुभयो । उहाँले महानगरले राम्रो काम गर्ने व्यावसायीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पाँच तारे हाटेल फास्ट फुड पूर्वाधारहरूले मात्रै हुँदैन । ठुलो स्पेस हुँदैमा पाँच तारे हुँदैन । गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ । महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यावसायीहरूलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नुभएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला । सुधारात्मक बाटोमा लैजानका लागि महानगरले काम गर्दैछ । महानगरले व्यावसायीहरूको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’’

उहाँले महानगरले व्यावसायीहरूकाे व्यापार व्यावसाय सहजीकरणका लागि काम गरिरहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल