राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौँ, २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको हो । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको […]

बाँकेमा बालविवाहविरुद्धको अभियान रोकियो

राझा (बाँके), २७ कात्तिक ः स्थानीय सरकारले चासो नदिएपछि बाँकेमा दुईवर्षयता बालविवाहविरुद्धको अभियान रोकिएको छ । आठ स्थानीय तहका ८१ वडामध्ये ५५ वडा दुई वर्ष अघिनै बालविवाह मुक्त घोषणा भएका थिए । जिल्लाको जानकी, खजुरा, वैजनाथ, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकालाई बालविवाह मुक्त घोषणा गरिसकिएको छ । बाँकी रहेका चार स्थानीय तहका पनि धेरै वडा […]

दियोबाट आगो सल्किँदा …

किमाथाङ्का (सङ्खुवासभा), २७ कात्तिक : सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय […]

आगलागी हुँदा रु २५ लाख बढीको क्षति

खोटाङ, २७ कात्तिक : हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत्् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, […]

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

भरतपुर, २७ कात्तिक : चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ । राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो । सरसफाइको क्रममा एक सय १२ बोरा फोहर सङ्कलन गरिएको राप्ती नदी सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । उहाँका […]

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

गल्याङ, २७ कात्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म रु २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिनुभयो । उहाँले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ […]

आज गाई पूजा

काठमाडौँ, २७ कात्तिक ः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा […]

लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी

लुम्बिनी, २६ कात्तिक : बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, कोष एवं एनआरएन सहित सरोकारवालाको उपस्थितिमा शनिबार बसेको प्रत्यक्ष र अनलाइन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा […]

साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्योः वसन्त चौधरी

काठमाडौँ, २६ कात्तिक : ‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि !’ सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे […]

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

पथरी (मोरङ), २६ कात्तिक ः मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भन्नुभयो । उहाँले भन्नुभयो “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल