बर्दिबास, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रत्यक्ष असर पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना (दोस्रो खण्ड) मा परेको छ । आयोजनामा कार्यरत करिब ४० प्रतिशत प्राविधिक कर्मचारी तथा मजदुरका परिवार बाढीबाट प्रभावित भएपछि कमला–बडहरी–फूलजोर–बागमती (७४.७५ किलोमिटर) पूर्वी खण्डको निर्माण कार्य सुस्त बनेको छ । आयोजनाको ठेकेदार कम्पनी ‘स्वेग–आरसीसी जेभी’का प्रोजेक्ट म्यानेजर सुबोध रिसालका […]
रसुवा, भदौ १४ गते । भोटेकोशी नदीमा आइतबार बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । ठुलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर […]
काठमाडौं, भदौ १३गते। रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको ९३औँ आकस्मिक बैठकले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भदौ १० […]
काठमाडौँ, भदौ १३ गते । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा […]
धनगढी, भदौ १३ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको सहयोगका लागि सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो । आर्थिक […]
सल्यान, भदौ १३ गते । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि एक लाख ५० हजार रुपियाँ […]
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौँ सडकखण्ड शनिबार बिहानदेखि सञ्चालनमा आएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ६ बजेदेखि सवारीसाधनलाई गन्तव्यतर्फ जान दिइएको हो। बाढी तथा पहिरोका कारण जोखिम बढेपछि विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। सडकको अवस्था र जोखिम मूल्याङ्कनपछि बिहान […]
नारायणगढ, भदौ १२ गते । भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रवार पनि सञ्चालनमा आउन सकेन । त्रिशूली नदीमा बढेको पानीको बहावले राजमार्गमा लेदो जम्दा अहिले यातायात सञ्चालनमा समस्या परेको हो । पृथ्वी राजमार्गअन्तर्गत नौविसे–मुग्लिन सडक आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार धादिङको गलौंदीमा करिब दुईसय मिटर, […]
काठमाडौँ , भदाै १२ गते। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो । विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा रु एक अर्ब ९१ करोड ८६ लाख […]
काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो। अर्थमन्त्री डा. वाग्लेलाई सूर्य नेपाल प्रालिका […]