दुई सय ४१ तोला सुन र २७ किलोग्राम चाँदी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७  किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै […]

मुख्य राजमार्गका विभिन्न खण्डमा आवागमन प्रभावित

काठमाडौँ, भदौ ३१ गते । बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा सडक क्षतिका कारण मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। सडक अवरोधसम्बन्धी विवरणअनुसार केही खण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सवारीसाधन प्रभावित हुने जनाइएको […]

आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार शीर्ष नेतृत्वबिच सर्वदलीय बैठक बस्ने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।

घिउको माग उच्च, आपूर्ति कम

विराटनगर, भदौ ३१ गते ।  चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी (बटर) को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा एक महिनाको अवधिमै घिउको मूल्य प्रतिकिलो दुई सय रुपियाँसम्मले वृद्धि भइसकेको छ । मूल्य बढे पनि उपभोक्ताले बजारमा सहज रूपमा घिउ पाइरहेका […]

मुगुमा चार घण्टाभित्र दुईपटक भूकम्प

काठमाडौँ, भदौ ३१ गते । मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा स्थानीय म्याग्निच्युड ४.५ को भूकम्प गएको हो। त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै […]

आज मिति २०८३ भदाै ३१ गते , 16 sep 2026 , बुधबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वास र उत्साह बढ्नेछ । लामो समयदेखि रोकिएका कामले गति लिनुका साथै नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ । व्यापार तथा रोजगारीमा सकारात्मक परिवर्तनको सम्भावना छ । आर्थिक अवस्था सुधारोन्मुख भए पनि अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ । परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम […]

तिनाउ किनारका बस्ती, विपत् जोखिम पहिचान गरिँदै

बुटवल, भदौ ३० गते । बुटवल उपमहानगरपालिकाले तिनाउ नदी आसपासका बस्तीको जोखिम पहिचान गरी विपत् पूर्वतयारीको योजना अघि बढाउने भएको छ । बर्खायाममा तिनाउ नदीमा पानीको बहाब बढ्दा बुटवलका नदी किनारका बस्तीमा बाढी तथा डुबानको जोखिम रहने भएकाले सम्भावित जोखिमको अवस्था पहिचान गरी आवश्यक सुरक्षा योजना बनाउने तयारी उपमहानगरपालिकाले गरेको हो । उपमहानगरपालिकाले वडा तहबाटै जोखिमयुक्त क्षेत्रको […]

पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने लक्ष्यसहित निर्माणमा तीव्रता

नेपालगन्ज, भदौ ३० गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम पाँच वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएपछि शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणलाई प्राथमिकता दिँदै कामलाई तीव्र गतिमा अघि बढाइएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो। […]

नेपाल वायुसेवा निगमको जहाज एक महिनादेखि इटालीमा

काठमाडौँ, भदौ ३० गते । नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन […]

सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइँदै

काठमाडौँ, भदौ ३० गते ।  आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाउँदै छन्। मङ्गलबार हिन्दु धर्मावलम्बी नारीहरू नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो एवं खरानी लगाएर स्नान […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ