‘मतदानको उत्साह लोकतन्त्रप्रतिको आस्था’

काठमाडौँ, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्रप्रतिको अटुट विश्वास भएको बताउनुभएको छ । चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सु्दृढ तुल्याएको बताउनुभयो । उहाँले निर्वाचनबाट जनताले प्रकट गरेको अभिमतले निर्वाचित जनप्रतिनिधिको काँधमा ठुलो दायित्व रहेको बताउनुभयो । […]

प्रसारण लाइन निर्माण र सञ्चालनमा अब निजी क्षेत्र

काठमाडौँ, चैत १२ गते । विद्युत् उत्पादनमा अग्रणी भूमिका स्थापित गरिसकेको नेपालको निजी क्षेत्रले अब प्रसारण लाइन पनि आफ्नै लगानी र नेतृत्वमा निर्माण तथा सञ्चालन गर्ने अवसर पाएको छ । प्रसारण लाइन निर्माण गर्न सक्षम रहे पनि अवसर नदिइएको गुनासो गर्दै आएको निजी क्षेत्रलाई चार वटा प्रसारण लाइन निर्माण तथा सञ्चालनसमेत गर्ने गरी नेपाल विद्युत् […]

खानेपानी पुगेपछि तरेगनावासी खुसी

लहान, चैत १२ गते ।  लहान नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा पर्ने वडा नम्बर १६ तरेगनामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्। वि.सं. २०५६ सालमा सुरु भएको उक्त आयोजना २६ वर्षपछि लहान नगरपालिका र विकन परियोजनाअन्तर्गत वाटरएडको सहयोगमा सञ्चालनमा आएको हो। लामो समयदेखि अलपत्र रहेको आयोजना पुनः सञ्चालनमा आएपछि स्थानीयमा खुशी छाएको हो। दुई […]

सांस्कृतिक पर्यटनबाट समृद्धि सम्भवः मुख्यमन्त्री आचार्य

दाङ, चैत १२ गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा चैते दसैंलाई नेपालीहरूको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यस्ता चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समग्र समृद्धिमा […]

चैतेदसैंको मुख्य दिन कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ, चैत १२ गते ।  चैतेदसैंको मुख्य दिन बिहीबार बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चैतेदसैंको मुख्य दिन नवरात्रमा देशका विभिन्न भागबाट आउनुभएका भक्तजनले कालिका मन्दिर परिसर बिहानैदेखि भरिभराउ भएको हो । कालिका मन्दिरमा भक्तजनको सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी र स्वयमसेवक परिचालन गरिएको छ । चैतेदसैं सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल […]

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ, चैत १२ गते ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बिहीबार दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन […]

आज मिति २०८२ चैत्र १२ गते , 26 march 2026 बिहीबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरिरमा उत्साह र उमङ्ग रहनेछ । स्वास्थ्य सबल रहनेछ र काममा फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित हुनेछ । तर, आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । वृष […]

तनहुँमा डढेलो नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन

तनहुँ, चैत ११ गते ।  सुक्खायामसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि तनहुँमा त्यसको नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लास्तरीय वन डढेलो द्रुत प्रतिकार्य टोली गठन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत राजकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरिएको हो । वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको अवसर पारेर गठन गरिएको उक्त टोलीमा […]

तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ, चैत ११  गते । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई […]

जापानिज इन्सेफलाइटिस खोप अभियानमा लक्ष्य पूरा

नवलपुर, चैत ११ गते ।  नवलपुरमा सञ्चालन गरिएको जापानिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियानले लक्ष्य पूरा गरेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । फागुन २९  गतेदेखि सञ्चालन भएको अभियानमा एक लाख १४ हजार २३३ जना (७६.१६ प्रतिशत) ले खोप लगाएका कार्यालयले जानकारी दिएको छ । जसमध्ये ६६ हजार ७९३ महिला र ४७ हजार ४४० पुरुष रहेका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल