काठमाडौँ, भदौ ८ गते । गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा भएको बस दुर्घटनाका घाइतेसँग भेट गर्नुभएको छ । शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण […]
काठमाडौँ, भदौ ८ गते । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ […]
काठमाडौँ, भदौ ८ गते । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ […]
काठमाडौँ, भदौ ५ गते। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ। सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबिचको सम्बन्ध बर्सौँ पुरानो भएको […]
स्याङ्जा, भदौ ५ गते । स्याङ्जामा आर्थिक वर्ष २०८०/८१ मा ३८ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा पुरुष र महिला दुवै छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जनाले अमेरिकी नागरिकता र १० जनाले अस्टे«लियन नागरिकता प्राप्त गरेका छन् । हङकङ छ, बेलायत चार, जर्मन तीन, न्युजिल्यान्ड र पोर्चुगल दुई/दुई तथा […]
नयाँ दिल्ली, भदौ ३ गते । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी उहाँको सचिवालयले दिएको छ । प्रधानमन्त्री […]
बेरुत, लेबनान, भदौ २ गते । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा […]
काठमाडौँ ,साउन ३२ गते परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जान लाग्नुभएको छ। परराष्ट्रमन्त्री भएपछि डा. आरजु राणा आउँदो आइतबार पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो। डा. राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिश्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिनुभएको थियो। डा. राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री […]
काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले राजदूतमा सिफारिस गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।
काभ्रेपलाञ्चोक, साउन ३० गते । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनहुन्छ । पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि […]