जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौंः अध्यक्ष प्रचण्ड

काठमाडौँ, साउन १२ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो […]

बागमतीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार : मन्त्रीको संख्या १४ पुग्यो

हेटौँडा, साउन १२ गते। बागमती प्रदेशको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै थप चार जना मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं कार्यविभाजन गर्नुभएको हो। प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री लामाको उपस्थितिमा हरिप्रभा खड्गी (श्रेष्ठ), सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्री […]

आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ, साउन ११ गते। आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। नकर्मी विसं २०२१ असार २० गते […]

सुशासनको पक्षमा काम गरेर बाहिरिएका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, साउन ९ गते : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज यहाँ आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार […]

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बुटवल, साउन ९ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् । मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै

बागमती,  साउन ७ गते : बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो । प्रदेश प्रमुख […]

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री

काठमाडौँ, साउन ७  गते : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत  निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो । “उहाँले नै सामन्तवादको अन्त्य र […]

नेकपा एसद्वारा विपक्षमा मतदान गर्न ह्विप

काठमाडौँ, साउन ६  गते :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारमा सहभागी दलको साझा […]

कांग्रेस संसदीय दलको बैठक हुँदै

काठमाडौँ, साउन ६ गते :  नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयोे ।

सरकारको काम चुस्त बनाउन समिति गठन

काठमाडौं, साउन ४ : सरकारले मन्त्रिपरिषद्को पाँच समिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारीअनुसार कार्यक्षेत्रका आधारमा बैठकले संयोजक तोकेको हो । बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल