काठमाडौं, माघ १४ गते । सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा […]
काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै […]
काठमाडौँ, माघ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शनिबार निर्वाचन हुँदै छ । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी नेतृत्व […]
काठमाडौँ, माघ ११ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ। जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई […]
सिन्धुपाल्चोक, पुस २९ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गर्नुभएको हो। उहाँले […]
काठमाडौं, पुस २८ गते । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको मिथ्या (फेक) प्रेस विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति देउवाको नामबाट अध्यादेशसम्बन्धमा मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ । पार्टीका मुख्य सचिव […]
काठमाडौं, पुस २६ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीका साथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताउनु भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुशीका साथ बस्नसक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको […]
काठमाडौं, पुष २५ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सांसद रमा कोइरालाका पति ईश्वर शर्मा पौड्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। बिहीबार कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर अधिवक्ता समेत रहनुभएका पौड्यालको निधनप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउबाले भन्नुभएको […]
लेखनाथ, पुस २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ। […]
काठमाडौं, पुस २१ गते । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा एमाले र नेपाली […]