काठमाडौँ, २८ भदौ : कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिनुभएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ विगतमा नेकपा (एमाले) को सांसद रही प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिको सभापतिको अनुभव प्राप्त हुनुहुन्छ । सांसद झा सांसदको मुख्य काम कानुन निर्माण नै हुनुपर्नेमा गलत अभ्यास र बुझाइका कारण […]
काठमाडौँ, २६ भदौ, समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ । मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता नेम्वाङ कम्युनिष्ट आन्दोलनको साझा नेता भएकाले उहाँको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभयो । नेम्वाङको हृदयाघातबाट […]
काठमाडौँ, २५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । उहाँकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न […]
मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला […]
काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ […]
काठमाडौँ, १६ भदौ : नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक […]
काठमाडौँ, १४ भदौ राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवद्र्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ । उहाँले सुशासन प्रवद्र्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनमा काम गर्न आवश्यक […]
काठमाडौँ, ६ भदौ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुनुहुन्छ । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल […]
काठमाडौँ, ४ भदौ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट उक्त विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो । पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम […]
काठमाडौँ, ४ भदौ नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष […]