काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन

काठमाडौं, पुस ८ गते ।  काठमाडौं विश्वविद्यालयको ९८ औँ सभाको सोमबारको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले […]

कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला

धनगढी , पुस ६ गते ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गर्नुभएको छ । उहाँले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भन्नुभयो, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने छ। त्यसका लागि […]

मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

काठमाडौं, पुस १ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ ।  गत मङ्सिर २७ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३ गतेसम्म थाइल्याण्डको बैंकक भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बैंकमा […]

लम्बियो एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक, नेताको कार्यविभाजन सोमबार

काठमाडौँ, मङ्सिर ३० गते।  नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यको कार्यविभाजन सोमबार मात्र हुने भएको छ। केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा आजसम्म पार्टीको अगामी कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। उहाँकाअनुसार आज बैठकमा नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राख्नुभएको छ। उहाँले भोलि […]

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल

काठमाडौं, मङ्सिर २५ गते ।  सत्तारुढ दल नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो । बैठकपछि […]

आगामी चुनावमा माओवादी एक्लै लड्छ : उपमहासचिव पुन

तनहुँ, मङ्सिर २४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी २०८४ को निर्वाचनमा माओवादी केन्द्र पाटी एक्लै चुनाव लड्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले हालै सम्पन्न उपनिर्वाचनमा आएको मतको आधारमा माओवादी प्रति जनताको भरोसा बढेकोले एक्लै लड्ने बताउनुभयो । […]

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा (विवरण सहित)

काठमाडौँ, मङ्सिर १८ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका […]

२०८१ मंसिर १८ गते – 03, Dec, 2024, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष राशी: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । सपनालाई […]

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा बिजयी

चरीकोट मंसिर १७ गते । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको  मत परिणामअनुसार  माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय  मत प्राप्त गर्नुभएको छ।। यस्तै […]

कीर्तिपुर नपाको प्रमुखमा कांग्रेसका डंगोल विजयी

काठमाडौं, मंसिर १७ गते ।  कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार  कांग्रेसका डंगोलले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी,  नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल