धनगढी, वैशाख ९ गते । कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउन लागिएको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा नवीनतम ज्ञान र सिपयुक्त जनशक्ति उत्पादनका साथै विज्ञान तथा प्रविधिका माध्यमबाट आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका लागि सुदूरपश्चिम प्रदेश सरकारले यो ऐन बनाउन लागेको हो । यसले योग्यतम बौद्धिक नेतृत्वको विकास र अध्ययन अध्यापन तथा […]
सिँजा (जुम्ला), वैशाख ९ गते । जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा गरिएको छ । आइतबार हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्मेलनका अवसरमा दिवारगाउँको तल्लो बस्तीलाई खानेपानीमन्त्री प्रदीप यादवले पूर्ण सरसफाइउन्मुख गाउँ घोषणा गर्नुभएको हो । ‘एक घर एक धारा’ र ‘एक घर एक […]
काठमाडौँ, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताउनुभएको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उहाँको भनाइ छ […]
काठमाडौँ, वैशाख ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ । उहाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा गत २०८१ असार […]
काठमाडौँ, वैशाख ४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बदनाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताउनुभएको छ । डा महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि […]
काठमाडौँ, वैशाख ४ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल महिला सङ्घका २० जना केन्द्रीय सदस्यको सामूहिक राजीनामाबारे छलफल हुने बताउनुभएको छ। उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्दै सानोतिनो असन्तुष्टिका कारण त्यसो भएको हुनसक्ने बताउनुभएको हो। प्रवक्ता महतले भन्नुभयो, “सानोतिनो कुरामा त्यो गर्छन्, यसबारे व्यवस्थापन भइहाल्छ। राजीनामा स्वीकृत हुँदैन, सानोतिनो असन्तुष्टि होला त्यो मिलिहाल्छ।” उहाँले […]
काठमाडाैँ, चैत ३० गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको […]
जाजरकोट, चैत्र २८ गते – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटको पूर्वाधार तथा सेवासम्बन्धी आयोजनाहरूको अनुगमन गर्नुभएको छ। २०८१ साल चैत्र २५ गते आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ को दफा ६ अनुसार जिल्ला स्तरीय आयोजना प्रस्ताव छनौट सिफारिस समितिको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय बेदराज […]
काठमाडौँ, चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न […]
काठमाडौँ, चैत २८ गते । नेपालको समृद्धिका लागि नेपाली परम्परागत कला, हस्तकलाको महत्वलाई राज्यले चिनेर, बुझेर यस क्षेत्रमा लगानी र बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । ऊर्जा तथा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले थाङ्का/पौभा विशेष प्रदर्शनीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । ललितकला प्रज्ञा–प्रतिष्ठान, सुनापति गाउँपालिका–४, रामेछाप र ख्वप पौभा च्वमी पुचःको सहकार्यमा बुधबार राजधानीमा आयोजित […]