alliance khabar

शुक्रबार, साउन ०९, २०८२

काठमाडौँ , साउन ९ गते।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ।

काठमाडौँमा शुक्रबार ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित कार्यक्रममा देउवाले संविधान सबैका लागि स्वीकार्य भए पनि केही कुरा संशोधन गर्न आवश्यक देखिएको बताउनुभयो।

संविधान संशोधनको आवाज उठ्नु स्वभाविक कुरा हो, उहाँले भन्नुभयो ‘आवश्यकता अनुसार संशोधन हुन्छ ।’

राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउनुपर्छ भन्ने धारणा ओलीजीको छ, त्यो पक्षमा म पनि छु । भारतसहित अन्य देशमा पनि त्यस्तो व्यवस्था छ , कार्यक्रममा उहाँले बताउनुभयो ।

नाममा कम्युनिस्ट भए पनि व्यवहारमा सबै पार्टीहरूले प्रजातान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेको उहाँले बताउनु भएको छ।

अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन गाह्रो भएकाले अरु दलसँग मिल्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भएको छ।

कार्यक्रमकाे सभापतित्व सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले गर्नुभएको थियो भने ,नेताहरू कृष्णप्रसाद सिटौला , बिमलेन्द्र निधि , अर्जुन नरसिंह केसी लगायत नेताहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल