alliance khabar

बिहिबार, साउन ०८, २०८२

काठमाडौँ, साउन  ८ गते।

 सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ।

सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भन्नुभयो, “मधेशमा मौसमी संकटका कारण समस्या भोग्नु परेकाछ। यसका लागि तत्काल समस्याको समाधान गर्न यो घोषणा गरिएको हो।”

उहाँका अनुसार मधेशमा अहिले खेतीपातीमा खडेर पर्नु र अर्को १५ प्रतिशत घर धुरीमा खानेपानीको अभाव देखिएकोछ। सरकारले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल जनताको घरमा खानेपानी पुर्याउने र जनजीवनमा आएका समस्याको समाधान खोज्ने तर्फ अग्रस हुने बताउनुभयो। त्यस्तै, उहाँले मधेशको समृद्धि बिना नेपालको समृद्धि अपुरो रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र आवश्यक विकासका पुर्वाधार निर्माण गर्न जरुरी हुने प्रष्ट पार्नुभयो।

त्यस्तै, वातावरणको संरक्षण गर्दै विकासको समृद्धि हासिल गर्नु पर्ने पनि उहाँको धारणा थियो। मन्त्रीपरिषद्ले गरेको निर्णयहरु मध्ये रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं। ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने सरकारको अर्को महत्वपुर्ण निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो।

त्यस्तै, साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ९मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई स्वीकृति प्रदान गर्ने, जापानको टोकियोमा २०८२ भदौ ९ देखि १३ गतेसम्म आयोजना हुने एसिया प्यासिफीक ग्रुप अन मोनी लाउन्डरी (एपिजी) मा ७ सदस्यीय प्रतिनिधिमण्डल तथा चिनको मकाउमा आगामी भदौ १८ देखि १९ गतेसम्म आयोजना हुने एफएटिएफ(आइसिआरजी) एपी जोइन्ट ग्रुप, फेश टु फेश मिटिङमा ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुन सचिव फणीन्द्र गौतमलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ।

त्यस्तै, साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने सिएआरइ÷ फर साउथ एसिया प्रोजेक्ट कम्प्लेसन एन्ड डिसिमेनिसन वर्कसप सम्बन्धी कार्यक्रममा सचिव गोविन्दवहादुर कार्कीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट नेपाल सरकारलाई प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने, साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन सचिव डा।रामप्रसाद घिमिरेलाई स्वीकृति दिने, लोकमान्य गोल्छा, काठमाडौं (हाल नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत) लाई पोल्याण्ड सरकारबाट प्रदान गरिने अफिर्सस् क्रस अफ द अडर अफ मेरिट पदक ग्रहण गर्न स्वीकृति दिने सरकारकाले निर्णय गरेकोछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल