alliance khabar

शुक्रबार, साउन ०९, २०८२

मकवानपुर, साउन ९ गते ।

बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा दिनुभएको हो ।

ठकुरी, श्रेष्ठ र महर्जनले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो ।

चार जना मन्त्रीले पदबाट राजीनामा दिएको सार्वजनिक भएको छ । तर आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानले भने आफूले मुख्यमन्त्रीसँग भेट गरेपछि मात्र टुङ्गो लाग्ने बताउनुभयो । मुख्यमन्त्रीसँग भेट भएको छैन, म रामेछापबाट कार्यक्रमबाट फर्कदै छु, मन्त्री लामिछानेले भन्नुभयो, राजीनामा दिएको खबर आए छ, मुख्यमन्त्रीलाई भेटेर कुरा गरेपछि मात्र राजीनामाको बारेमा अन्तिम टुङ्गो लाग्छ ।

विविध कारणले निरन्तर आफ्नो जिम्मेवारी वहन गर्न सक्ने अवस्था नरहेको भन्दै आजैको मितिबाट लागू हुने गरी राजीनामा दिएको मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष दिएको राजीनामा पत्रमा उल्लेख छ ।

मन्त्रीहरुको राजीनामासँगै कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्नेसमेत तयारी गरिएको छ । एक वर्षअघि कांग्रेसका लामाको नेतृत्वमा नेकपा एमालेसहितका गठबन्धनको सरकार बनेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल