सभामुखद्वारा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ,  साउन ३० गते ।  सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन […]

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

मकवानपुर, साउन २७ गते। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो। ११० सदस्य रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत र […]

एकीकृत समाजवादीद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन

काठमाडौँ, साउन  २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अनुशासन उल्लङ्घन हुनेगरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले आज सो निर्देशन दिएको हो । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक […]

बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

बागमती, साउन२७  गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले   प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा […]

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन्ः सभापति देउवा

काठमाडौँ, साउन २५ गते ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताउनुभएको छ । गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले […]

नापी भएको एक महिनामै लालपुर्जा

कपिलवस्तु, साउन २५ गते । शनिबार, विजयनगर गाउँपालिका–१ जबाबैराठका थारु समुदायका हातमा पहिलो पटक लालपुर्जा राखिँदै थियो । बिहानैदेखि गाउँमा उत्साहको माहौल थियो । लालपुर्जा हस्तान्तरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँ आइपुग्नुभएको थियो । वर्षौँदेखि आफ्नो भनिने जमिनमा बसोबास गर्दै आएका तर कानुनी कागज नपाएका भूमिहीन २१ घरधुरीलाई […]

जनकपुरधाममा रेलवे क्रसिङमा कार दुर्घटना

जनकपुरधाम, साउन २५ गते । जनकपुरधामस्थित थापा चौकदेखि देवी चौक मार्गमा पर्ने रेलवेको अनधिकृत क्रसिङमा कार दुर्घटना भएकाे छ । रेलवे सुरक्षा वेसका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीका अनुसार बिहान करिब साढे ८ बजे भंगाहाबाट जयनगरका लागि छुटेको रेल सो स्थानमा पुग्दा ०२५ च १२९० नम्बरको कार अचानक रेलवे ट्रयाकमा प्रवेश गरेको थियो । […]

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौँ, साउन २५ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रेस युनियनद्वारा सय दिने सदस्यता अभियान बागलुङमा पनि सुरु

बागलुङ (गलकोट) साउन २२ गते । प्रेस युनियन बागलुङले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको हो । अभियानमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बागलुङमा क्रियाशील पत्रकारहरु इशिका थापा मगर र शिशिर जिसीलाई नयाँ सदस्यता दिएर अभियानको शुभारम्भ […]

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

सुर्खेत, साउन २१ गते ।  कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ