माओवादीले केन्द्रीय समिति विघटन गर्ने

काठमाडौँ, असोज ५ गते।  नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे विस्तार गर्नुभएको जानकारी दिनुभयो। […]

कांग्रेस मुख्यालयसहित ४८ भवन र नेताका ९५ निवासमा क्षति

काठमाडौँ, असोज ५ गते ।  २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित  उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

यी हुन अख्तियारमा बढी उजुरी परेका १० स्थानीय तह

काठमाडौं, असोज ५ गते।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गरेको ३५औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९३३ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्। तीमध्ये १० वटा स्थानीय तहमा मात्रै उल्लेख्य संख्यामा उजुरी परेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिका कास्कीमा परेका छन्। आयोगको तथ्याङ्कअनुसार पोखरामा ४१३ वटा […]

हतास मनस्थितिबाट समालिँदै कर्मचारी

काठमाडौँ, असोज ४ गते  । दायाँबायाँ जलेका भवन, फुटेका झ्यालका सिसा, कुर्सी, टेबुल र कम्प्युटर फुटेर अस्तव्यस्त अवस्थामा छन् । त्यस्तो ठाउँबाट सेवा प्रवाह गर्ने कर्मचारीको मन हतास भए पनि उनीहरू समालिँदै सेवामा जुटेका छन् । सिंहदरबार, प्रदेश र स्थानीय तहलगायतका सरकारी कार्यालयमा गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनबाट तोडफोड र आगजनी […]

प्रदेश प्रमुखद्वारा संविधान दिवसको शुभकामना

हेटौँडा, असोज ३ गते ।  बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना दिनुहुँदै उहाँले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस २०८२ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त […]

आज संविधान तथा राष्ट्रिय दिवस :प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुहुने

काठमाडौँ, असोज ३ गते ।  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत […]

राजनीतिक जटिलताको समाधान संविधानभित्रै खोज्नुपर्छ : सभापति देउवा

काठमाडौँ, असोज ३ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभएको छ । उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेका क्रान्ति, संघर्ष र आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख […]

सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ , असोज ३ गते । भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाएका जेनजी सहिदको सम्झनामा ‘मिसेस नेपाल वल्र्ड २०२५’ का प्रतियोगीले संविधान सभा भवनपरिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । सामूहिक रूपमा दीप प्रज्वलन गर्दै उनीहरूले सहिदहरूको बलिदानलाई नमन गर्दै भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प गरे । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट […]

नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौँ, असोज ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना शुक्रबार सन्देश दिनुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा […]

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच फोन वार्ता

काठमाडौँ, असोज २ गते। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल