alliance khabar

बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ, कात्तिक २० गते।

नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ।

भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा भेला भएका विभिन्न नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वश्रेष्ठ र सुन्दर गन्तव्यका रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य बोकेर आफूहरु अघि बढेकामा त्यसलाई रोक्न खोज्ने तत्वहरु हावी भएको आरोप लगाउनुभयो।

असन्तुष्टिलाई सम्मानपूर्वक राख्ने नेपाली परम्परा विपरीत अशिष्ट र अमर्यादित एवं हिंस्रक रुपमा गतिविधि गरेर आन्दोलन गर्ने अभ्यास गलत भएको उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाइनु अदालतको अपमान भएको बताउनुभयो। सो अवसरमा उहाँले रेशम लामाद्वारा लिखित गीतिसङ्ग्रह विमोचन गर्नुभयो। गीतमा जेबी घिमिरे र प्रतिमा अर्यालको स्वर रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल