मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले

उर्लाबारी, माघ २६ गते  ।  प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ जना र स्वतन्त्र तीन गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि निवर्तमान सांसद एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर […]

निर्वाचनको माहोल देशव्यापी

काठमाडौँ, माघ २५ गते । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल उल्लासका साथ देशव्यापी रूपमा अघि बढेकोे छ । निर्वाचनलाई बाध्यकारी बनाउनभन्दा पनि जनताको सुन्दर भविष्यका लागि मनाइने उत्सवमा परिणत गर्न सरकार, सबै सुरक्षा निकाय, निर्वाचन आयोग र निर्वाचन कार्यालयलगायत सबै निकाय सक्रियताका साथ लागिपरेका छन् । सरकारमातहत रहेर निर्वाचन आयोगले गर्नुपर्ने तयारी अगाडि बढिरहेको […]

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण गराउन सरकार प्रतिवद्ध छ : अर्थमन्त्री खनाल

म्याग्दी,माघ २१ गते।  नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिवद्ध भएको बताउनुभएको छ। निर्वाचनको तयारीका बारेमा जानकारी लिन बुधबार साँझ म्याग्दी आउनुभएका अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयमा भएको छलफलमा सो कुरा बताउनुभएको हो। मन्त्री खनाललाई बेनीमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला […]

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौँ, माघ २१ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले […]

कांग्रेस केन्द्रीय कार्यालयका सचिव दुलाललाई कावा मुख्य सचिवको जिम्मेवारी

काठमाडौँ, माघ २१ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई  कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उहाँलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोक्नुभएको हो । साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिनुभएको राजीनामा स्वीकृत गर्नु भएको […]

दुई देशबिचको सम्बन्ध थप उचाइमा पुर्‍याइने

काठमाडौँ, माघ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट् नारुहितोले नेपाल–जापानबिचको मित्रतालाई प्रगाढ बनाउँदै भविष्यमा थप बलियो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । दुई राष्ट्रप्रमुखबिच मङ्गलबार जापानमा भएको उच्चस्तरीय द्विपक्षीय राजकीय भेटवार्तामा दुई देशबिचको ७० वर्ष लामो मित्रतालाई आपसी सहयोग र साझेदारीका बलमा सम्बन्धको आयामलाई थप उच्च बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । जापानको […]

चुनावका लागि जनशक्ति व्यवस्थापनको तयारी

धनगढी, माघ १९ गते ।  आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा रहेका निर्वाचन कार्यालय जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि अन्य व्यवस्थापनका साथै जनशक्ति व्यवस्थापनको काम पनि आफूहरूले अगाडि बढाएको बताउनुभयो । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि […]

समृद्धिको आधार पूर्वाधार विकास

निजगढ (बारा), माघ १७ गते । मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरले ठडिएका अत्याधुनिक ‘बक्स ब्रिज’ हेर्दा विकसित मुलुकमा भएको आधुनिक विकास पूर्वाधारको झल्को दिन्छ । दक्षिण एसियाकै नमुना विकास पूर्वाधार मानिने नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) मा दुई पहाड जोड्न बन्दै गरेका ८९ वटा […]

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर, माघ १६ गते। कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन्। सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई […]

‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

काठमाडौँ, माघ १६ गते । गृहमन्त्री ‌ओमप्रकाश अर्यालले विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान भएको बताउनुभएको छ। राष्ट्रिय सहिद दिवस, २०८२ को अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा आयोजना भएको जेनजी सुशासन योद्धा र अमर प्रहरीको विवरण सहितको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल