काठमाडौँ, भदौ १३ गते । चलचित्र ‘महादशा’ निर्माणको घोषणा गरिएको छ । किरण नेपालीको निर्देशनमा बन्न लागेको चलचित्रको एक कार्यक्रमबिच घोषणा गरिएको हो । संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनामा चलचित्रको कथा आधारित रहेको जनाइएको छ । लेकाली इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ मुख्य भूमिकामा रहनुभएको छ […]
काठमाडौँ, साउन १७ गते । चलचित्र ‘चिठीको गीत ‘सिन्दूरको रङ’ सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधवराज खरेलले निर्देशन गर्नुभएको हो । गीत भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन सङ्घर्ष तथा आफ्ना पतिप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । गीतमा सञ्चारकर्मी कमला जोशीको […]
धम्बोझी, असार ३२ गते । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज रंगशाला परिसरको संचरना मर्मतमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशाला निरिक्षण गर्ने क्रममा मन्त्री अग्रवालले खेलकुद संरचना मर्मत र संरक्षणमा प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गर्ने बताउनुभयो । […]
धनगढी, असार २५ गते । रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ । हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने […]
काठमाडौँ, असार २२ गते । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालद्वारा शनिबार आयोजित पुरस्कार अर्पण समारोहमा साहित्यकार मञ्जुललाई पुरस्कार प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीतसङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग […]
काठमाडौँ, असार २० गते । नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ । आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपालियाको छ । मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको […]
काठमाडौँ, असार ११ गते । सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक सन्दिप न्यौपाने र सरिता कार्कीको आवाजमा रहेको “दिलमा सिङ्गो घर” बोलको म्युजिक भिडियो सरिता कार्की युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा लय र शब्द डि. आर सुजनको रहेको छ भने भिडियोलाई विमल छिनालले एरेन्ज गर्नु भएको […]
घोराही, असार ९ गते । अभिनयमा रुचि राख्ने दाङ घोराहीकी वर्षा मगरले अभिनयको रहर पूरा गर्न म्युजिक भिडियोलाई माध्यम बनाउनुभयो । अभिनयसम्बन्धी कुनै तालिम वा शैक्षिक उपाधि नलिए पनि उहाँले मोडलिङ र म्युजिक भिडियोलाई भने निरन्तरता दिई रहनुभयो । यद्यपि उहाँमा अभिनयसम्बन्धी तालिम वा उपाधि हासिल गर्ने हुटहुटी भने थियो । उहाँको त्यो चाहना घोराहीमा सञ्चालन भइरहेको […]
काठमाडौँ, असार ५ गते । बिदेसिनु रहर होइन, बाध्यता हो । कोही पारिवारिक कारणले त कोही आर्थिक अवस्था सुधार्न बिदेसिएका छन् । बिदेसिने रोग सर्वसाधारणमा मात्र होइन, नाम चलेका स्थापित कलाकारमा रहेको छ । चलचित्रमा खासै लोभलाग्दो सफलता पाउन नसकेपछि केही नेपाली कलाकार बिदेसिएका छन् । उनीहरूले अनेक व्यवसाय गरेर विदेशमा आफ्नो कर्म गरिरहेका छन् । यद्यपि उनीहरूमा चलचित्रप्रतिको हुटहुटीमा […]
काठमाडौँ, असार ३ गते । काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका […]