काठमाडौँ, असार २२ गते ।
यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालद्वारा शनिबार आयोजित पुरस्कार अर्पण समारोहमा साहित्यकार मञ्जुललाई पुरस्कार प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीतसङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको बताउनुभयो ।
मन्त्री पन्तले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा सहभागी भएको भन्दै गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमो जोड दिनुभयो ।
प्रतिनिधि सभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, साहित्य सदनका अध्यक्ष हेमनाथ पौडेल, शान्ता मानवी, मदन रिमाल, मित्रलाल पङ्गेनी, प्रह्लाद पोख्रेललगायतले नेपाली साहित्य एवं गीतसङ्गीत क्षेत्रमा रिमालको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्राध्यापक केशव सुवेदीले पुरस्कृत व्यक्तित्वबारे मन्तव्य राख्नुभएको थियो । पुरस्कारको राशि ३० हजार रुपियाँ रहेको छ ।