वराहक्षेत्र, कात्तिक २२ गते । यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए । सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै […]
धम्बोझी, कात्तिक २० गते । अनुसन्धानका लागि महत्त्वपूर्ण मानिने नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगन्जमा जनशक्तिको अभाव देखिएको छ । सुरुवाती चरणदेखि प्रयोगशालाले दैनिक काम गर्नका लागि महत्त्वपूर्ण मानिने जनशक्ति, उपकरणजस्ता कुरामा समस्याको सामना गर्दै आइरहेको छ । जसले गर्दा कामलाई समेत प्रभावित गर्ने गरेको छ । स्थापनाको सुरुवाती चरणबाटै प्रयोगशालामा जनशक्ति […]
हेटौँडा, कात्तिक २० गते । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको ठुलो लगानी भइसक्दा […]
दोलखा, कात्तिक २० गते । असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले छिट्टै विद्युत् उत्पादन गर्न लागेको छ । क्षतिको पुनर्निर्माण गर्न अधिक समय लाग्ने भएकाले मर्मत गरी रन अफ दी रिभर मोडलमा यही कात्तिकको तेस्रो सातासम्म आंशिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य […]
काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो संस्थाका कर्मचारीहरूबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन […]
काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०:०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न […]
बैतडी, कात्तिक ८ गते । आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् । तिहारको मुखैमा घरको ढोकामा ताल्चा लगाएर रोजगारी खोज्न सिङ्गै गाउँ भारतको बैङ्लोर हिँडेपछि सदरमुकामको तिरगाउँ सुनसान बनेको छ । दशरथ चन्द नगरपालिका–४, तिरगाउँका २२ […]
ताप्लेजुङ, कात्तिक ४ गते । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो । अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर […]
काठमाडौँ, कात्तिक ४ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ । नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आइतबारदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो । आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको […]
दोलखा, कात्तिक ४ गते । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ । तयार पारिएको एप जडान गरेका कारण आफ्नो वडावासीलाई पानीको मात्रा र पहिरो जान सक्ने अवस्थाबारे सुसूचित गराउन सकिएको वडा नं. १ […]