alliance khabar

बुधबार, बैशाख १०, २०८२

काठमाडौँ, वैशाख १० गते ।

एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत भएको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवाप्रदायक र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत गरेको हो । यससँगै एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत हुने पहिलो कम्पनी बनेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्थाबमोजिम एनसेल सूचीकृत गरेको हो ।

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेस भएको निवेदन तथा कागजातको अध्ययनका आधारमा कम्पनीले तोकेको सञ्चालन मापदण्ड तथा सुरक्षा अनुसरण गरेको देखिएकाले कम्पनीलाई सूचीकृत गरेको हो ।

निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवाप्रदायकले छ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधिभन्दा पहिला नै आफूलाई सूचीकृत गराएको विज्ञप्तिमा जनाइएको छ ।

यो निर्देशिका २०८१ माघ १५ मा सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवाप्रदायकका लागि सुरक्षा, गोपनीयता र पूर्वाधारलगायतका महत्वपूर्ण क्षेत्रमा नियम निर्धारण गरेको छ ।डाटासेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्थाबमोजिम एनसेलले दुवै सेवाका लागि छुटछुट्टै सूचीकरण गराएको छ । एनसेलको ललितपुर, नक्खुमा बैङ्क, सरकारी निकाय र ठुला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा रहेको छ । एनसेलले पोखरा र हेटौँडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टर सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल