तनहुँ, पुस १४ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल एक दशकदेखि बन्न सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि बन्ने पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि अलपत्र परेको हो । पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी […]
धनगढी, पुस ९ गते । भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी ६५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको […]
बैतडी, पुस १ गते । सुदूरपश्चिम प्रदेश सभाको विधायन समितिले स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव सङ्कलन गर्न सुरु गरेको छ । विधायन समितिले आइतबार बैतडी र दार्चुलाका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव लिएको छ । प्रदेश सरकारले नेपालको संविधानको धारा २२७ बमोजिम प्रदेशभित्र रहेका स्थानीय तहबाट […]
ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी […]
काठमाडौं, मङ्सिर ३० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताउनुभएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री दाहालले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गर्नुभयो । उहाँले […]
काठमाडौँ, मङ्सिर १८ गते । महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ । वीरमा बिग्रिएका २८४ वटा उपकरणमध्ये छ वटा र कान्ति बाल अस्पतालमा बिग्रिएका १५८ उपकरणमध्ये छ वटा उपकरण केन्द्रले मर्मत गरेको हो । आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीले अस्पतालमा बर्षौंदेखि […]
काठमाडौँ, मङ्सिर ९ गते । रसुवामा रहेको सान्जेन जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ । ४२.५ मेगावाटको सो आयोजना निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा २७० मेगावाटका चार वटा जलविद्युत् आयोजना बनिरहेकोमा […]
विश्व समाज अहिले प्रविधिको युगमा छ । मानिसको जीवनलाई सरल र सहज बनाउन प्रविधिले ठुलो भूमिका खेलिरहेको छ । द्रुत गतिमा बढेको प्रविधि द्रुत गतिमा नै दुरुपयोगमा फसेको छ । प्रविधिको विकाससँगै, साइबर आक्रमणको आवृत्ति र परिष्कार डरलाग्दो दरमा बढ्दै गएको छ । विश्वका ठुला ठुला देशलाई पनि साइबर आक्रमणले गिज्याइरहेको छ । त्यस कारण […]
काठमाडौँ, मङ्सिर ७ गते । लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट […]
हेटौँडा, कात्तिक २२ गते। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नम्बर १ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]