एनसेलको ‘११:११ एनसेल एप क्याम्पेन’ आज

काठमाडौँ, कात्तिक २५ गते । एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जनाले ११ दिन समयसीमा भएको ११ जिबी डेटा निःशुल्क पाउने कम्पनीले जनाएको छ । मङ्गलबार एक दिन सञ्चालन हुने अफरको उद्देश्य प्रिपेड […]

‘भ्वाइस’ को व्यवसाय बन्द हुन सक्ने आकलन

काठमाडौँ, कात्तिक २५ गते । इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ । खास गरी ती सेवाप्रदायकको आय निरन्तर रूपमा घट्दै गइरहेकाले यस्तो जोखिमको सम्भावना देखिएको नियामकको निष्कर्ष छ । एकातिर अत्यधिक करका कारण बढिरहेको सञ्चालन खर्च र अर्कातिर सेवाको […]

द्रुतमार्गको प्रगति ४३.६६ प्रतिशत, सात स्थानमा सुरुङ बन्दै

हेटौँडा, कात्तिक २४ गते । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ । नेपाल सरकारबाट निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस आयोजनाको  चालु आर्थिक वर्ष २०८२÷८३ को असोज मसान्त महिनासम्मको समष्टिगत वित्तीय प्रगति ४४.८९ प्रतिशत रहेको जनाएको छ । नेपाली सेनाले सार्वजनिक गरेको गत असोज […]

‘एन्टी फाइबर विद्यार्थी अफर’

काठमाडौँ, कात्तिक २४ गते । नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ । उक्त अवसरमा बोल्दै उहाँले सार्वजनिक योजनाले विद्यार्थीलाई किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट […]

रेलमार्गको अन्तिम स्टेसन निर्माण पुनः सुरु

विराटनगर, कात्तिक २३ गते । लामो समयसम्म जग्गा मुआब्जा विवादका कारण अवरुद्ध भारतको बथनाहा–कटहरी रेलमार्गको अन्तिम स्टेसन निर्माण अगाडि बढेको छ । हुलाकी राजमार्गसम्म रेलमार्ग निर्माण भइसकेको छ तर त्यहाँबाट उत्तरमा पर्ने एक हजार एक सय मिटर क्षेत्रमा मुआब्जा विवादका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । उक्त विवाद समाधान भएपछि निर्माणले गति लिएको हो […]

धावनमार्गको बत्तीमा समस्या आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

काठमाडौँ, कात्तिक २२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ । रन-वे किनारका बत्तीमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि उडान तथा अवतरण प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान प्रभावित बनेका छन् । रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो […]

भारतमा दुई सय त्रियासी मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

काठमाडौँ, कात्तिक १४ गते । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल […]

देशभरका विमानस्थलमा टेलिकमको निःशुल्क वाइफाई

काठमाडौँ, कात्तिक १३ गते ।  नेपाल टेलिकमले देशका सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्गलबारदेखि यस्तो सेवा सुरु गरेको हो । सो अभियान अन्तर्गत कम्पनीले पहिलो चरणमा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा निःशुल्क वाइफाई आरम्भ गरेको छ । उक्त सुविधा अन्तर्राष्ट्रिय विमानस्थलको […]

तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदामा पनि सुचारु

तनहुँ, कात्तिक ३ गते ।  तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीले भन्नुभयो, “हामीले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता लिएका छौँ । त्यसैले तिहार बिदा […]

सालझन्डी–ढोरपाटन सडक : तेह्र वर्षमा पनि बन्न सकेन

अर्घाखाँची, कात्तिक ३ गते । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना विगत १३ वर्षदेखि विवादका कारण अलपत्र परेको छ । तराईको पर्यटकीय क्षेत्र लुम्बिनीलाई पहाडको अर्को पर्यटकीय क्षेत्र ढोरपाटन सिकार आरक्षणसँग जोड्नका लागि यो सडक महत्वपूर्ण मानिएपछि १३ वर्षको अवधिमा पूरा हुन सकेको छैन । सडकको करिब तीन किलोमिटर ट्र्याक अझै खुल्न सकेको छैन । २०६५ सालमा निर्माण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल