म्याग्दी, असार ३२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको […]
काठमाडौँ, असार २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य […]
काभ्रेपलाञ्चोक, असार २१ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल विसं २०३७ मा निर्माण भएको […]
काठमाडौँ, असार १३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपासका लागि जडान गरिएका उपकरणको मर्मतसम्भारमा लापर्बाही हुँदा कार्गो आयातनिर्यात ठप्प हुने अवस्थामा पुगेको छ । विमानस्थलको कार्गो वेयर हाउसमा सामान निकासी जाँचपासका क्रममा प्रयोगमा आउने उपकरण सञ्चालन र मर्मतसम्भार नेपाल पारवहन तथा गोदाम लिमिटेडले गर्दै आएको छ तर हवाई माध्यममार्फत आयातनिर्यात हुने देशकै प्रमुख […]
चन्द्रपुर (रौतहट), असार ९ गते । रौतहटमा रहेको पूर्वाधार विकास कार्यालयको बजेट खर्च हालसम्म ४५ प्रतिशत मात्र पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको भुक्तानी अवधि सकिन बाँकी रहेको १७ दिनमा ५५ प्रतिशत खर्च हुने अवस्था रहेको छ । कार्यालयका लेखा अधिकृत सुदिप गौतमका अनुसार तीन सय ३० को हाराहारीमा कार्यक्रम रहेकोमा अधिकांश योजना […]
काठमाडौँ, जेठ ३० गते । विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता गरेको छ । फरक प्रयोजनका लागि तर्जुमा भएको कानुन सामाजिक सञ्चार प्रयोगकर्ता र सञ्चार माध्यमका सामग्रीमा आकर्षित गरिएको भन्दै पछिल्लो समय खारेजीको माग हुँदै आएको थियो । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सङ्घीय संसद्बाट पारित […]
तुलसीपुर, जेठ १९ गते । नेपाल वायुसेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ । टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो । टरिगाउँमा नियमित […]
काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकासहित ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को बजेटमा सो विषय उल्लेख गरिएको छ । सरकारले नेपाल दूर सञ्चार प्राधिकरणको पुनरसंरचना गर्ने जनाएको छ । “सूचना प्रविधिको पहुँच बृद्धि गरी डिजिटल डिभाइड […]
बागलुङ, जेठ १० गते । ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीबासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्याक खोलेको ओढोरचौर–ढोडेनी कालोपत्र गरिएको हो । सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको […]
मकवानपुर, जेठ १० गते । गएरातिबाट अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ । मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ८ बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा मकवानपुर र ललितपुर जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल र माटो बगाएपछि कान्ति लोकपथ शुक्रबार रातिबाट अवरुद्ध बनेको थियो । खोलामा पानीको बहाव कम हुँदै गएको र मर्मत गरेर […]