alliance khabar

शनिबार, माघ १७, २०८२

मध्यविन्दु , माघ १७ गते ।

 नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा संगीत कक्षा सञ्चालनमा ल्याइएको छ । संगीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले संगीत कक्षा सञ्चालनमा ल्याएको हो ।

चालु आर्थिक वर्षबाट संगीत कक्षा सञ्चालन गर्नेगरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया पूरा गरी केही समयअघिदेखि संगीत कक्षा सञ्चालन भइरहेको छ ।

यस वर्ष नमूनाका रुपमा १६ वटा माविहरुमा संगीत कक्षा सुरुवात गरिएको हो । एक जना नगर संगीत शिक्षक र एक जना सहायक संगीत शिक्षक राखेर हप्तामा दुई दिन एक एक पिरिएड संगीत कक्षा सञ्चालन गर्ने गरी सामान्य पाठ्यक्रम समेत निर्माण गरिएको नगर शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

पहिलो प्राथमिकतामा मादल र हार्मोनियम राखिएको छ, त्यसपछि गितार तथा विभिन्न लोकबाजा बजाउने सीप प्रदान गरिने नगर शिक्षा अधिकृत पाण्डेले जानकारी दिनुभयो । ‘‘हामीले अहिले एक जना  संगीत शिक्षक नियुक्त गरेका छौँ , सहायक शिक्षक नियुक्त गर्न बाँकी छ । अहिले निर्वाचन आचारसंहिताका कारण रोकिएको छ , निर्वाचन पछि प्रकृया अघि बढाउँछौँ ।’’ पाण्डेले भन्नुभयो, ‘‘अहिले संगीत शिक्षकका रुपमा पूर्ण प्रकाश गुरुङ नियुक्त हुनुभएको छ । उहाँ स्थानीय पनि र संगीतमा मास्टर समेत गरेको हुनाले विद्यार्थीहरूलाई वाद्यवादन तथा गायन विद्याको  संगीत सीप उहाँले प्रदान गर्नुहुनेछ ।’’

पहिलो वर्ष कक्षा ६ लाई लक्षित गरी कक्षा सञ्चालन भएको र आगामी वर्षबाट ७,८ र ९ कक्षामा सञ्चालन गरिने पाण्डेले बताउनुभयो । अहिले सामान्य रुपमा पाठ्यक्रम निर्माण गरिएको छ । मादल वा हार्मोनियममा कुन–कुन ताल सिकाउने, कति समय सिकाउने कसरी सिकाउने र मूल्याङ्कन कसरी गर्ने भन्ने सामान्य रूपरेखा बनिसकेको छ । विद्यालयमा गरिएको पठनपाठन, विद्यार्थीको रुचि र केही समयको अनुभवबाट पाठ्यक्रमलाई पूर्णता दिइने पाण्डेको भनाइ छ ।

‘‘संगीतले जोकसैलाई पनि आकर्षण गर्दछ । जो संगीतमा रुचि राख्छ र उसमा क्षमता छ, त्यसले सानैदेखि संगीत सिकेपछि भविष्यमा संगीत सीप सिकेर त्यसैमा सक्षम बन्छ, घरमा गएर पनि  संगीत सामग्री किन्न लगाउँछ, मोबाइलमम भन्दा पनि सीप सिक्न समय बिताउँछ, त्यसैले यो कार्यक्रम प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ ।’’ पाण्डेले भन्नुभयो ।

विद्यार्थीहरूलाई घोकन्ते विद्याबाट बाहिर ल्याउन र विषेश गरी स्क्रिनबाट टाढा राख्नका लागि  संगीत सीपले फाइदा गर्ने देखिएपछि पालिकाले नयाँ कार्यक्रमका रुपमा संगीत  कक्षा सञ्चालनमा ल्याएको नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले बताउनुभयो ।

वाद्यवादनको सामग्री खरीद गर्न पालिकाले एउटा विद्यालयका लागि ६० हजार रुपियाँ अनुदान उपलब्ध गराउने र विद्यालयले ३० हजार रुपियाँ लगानी गरी ९० हजार रुपियाँ बराबरको सामग्री खरीद गरेर सिकाइलाई प्रभावकारी बनाइने पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल