विद्यार्थीलाई मोबाइलबाट टाढा राख्न संगीत कक्षा

मध्यविन्दु , माघ १७ गते ।  नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा संगीत कक्षा सञ्चालनमा ल्याइएको छ । संगीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले संगीत कक्षा सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षबाट संगीत कक्षा सञ्चालन गर्नेगरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया […]

बाजुराको दानसाँगु खोलामा बेलिब्रिज निर्माण तीव्र

बाजुरा, माघ ३ गते ।  बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र पारिएको छ । मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्षपछि दानसाँगु खोलामा बल्ल बेलिब्रिज पुल निर्माण हुन थालेको हो । लामो समय पुल नहुँदा वर्षायाममा कोल्टीतर्फ चल्ने सवारी साधनलाई आउजाउमा समस्या हुँदै आएको थियो । हाल […]

तिङ्कर नाका नियमित गर्न आग्रह

खलङ्गा (दार्चुला), माघ २ गते । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन दार्चुलाको व्यास गाउँपालिका–१ का जनप्रतिनिधिले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । यहाँका जनप्रतिनिधि र स्थानीयले ओलीको भक्तपुर निवासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । दार्चुला–चीन (तिब्बत) सिमानामा अवस्थित तिङ्कर नाका कोभिड महामारीको […]

जियाजोर–हिरापुर जोड्ने लखन्देही खोलाको पुल बर्खाअघि सकिने

सर्लाही, पुस ३० गते । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर र वडा नं. १२ जियाजोरलाई जोड्ने लखन्देही खोलाको निर्माणाधीन पुलको काम बर्खाअघि नै सम्पन्न हुने भएको छ । खोलामा पुल नहुँदा वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीय तीव्रताका साथ पुल निर्माण भइरहँदा खुसी देखिन्छन् । जियाजोरका दीपक थापाले पुल निर्माण भइरहँदा अब बर्खायाममा बाढी […]

बुढीगण्डकी नदीमा दुई जलविद्युत आयोजना निर्माण

सुलीकोट, पुस ११ गते ।  गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाईड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढी गण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना विकास गर्न लागेको हो । यो आयोजनाबाट कुल ३२९.४ मेगाबाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ । जसले राष्ट्रिय विद्युत […]

मन्त्री घिसिङद्वारा नारायणी नदीमा बन्न लागेको पुलको निरीक्षण

नवलपुर, मङ्सिर २७ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुभएको छ । शनिबार बिहान उहाँले चितवन र नवलपुर जोड्ने पूर्वपश्चिम राजमार्गमा निर्माण सुरु गरिएको पुलको निरीक्षण गर्नुभएको हो । ठेक्का सम्झौता बमोजिम कै समय तालिकामा निर्माण सम्पन्न गरि नमुना […]

प्रदेशका बहुवर्षीय आयोजना : भौतिक रूपमा अलपत्र, अधुरा वा सञ्चालनविहीन

हेटौँडा, मङ्सिर १० गते ।  बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु गरिएका धेरै बहुवर्षीय आयोजना दोस्रो कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा पनि अलपत्र, अधुरा वा सञ्चालनविहीन अवस्थामा पुगेका छन् । सडक, भवन, कृषि तथा पशुपन्छी विकासजस्ता क्षेत्रमा सरकारले ठुलो लगानी गरे पनि धेरै आयोजना भौतिक रूपमा अपूर्ण र सञ्चालन मोडालिटीविहीन देखिएका छन् । प्रदेशको कृषि तथा […]

लोकमार्ग र करिडोर जोड्ने मोटरेबल पुलको काम सुरु

बागलुङ, मङ्सिर १० गते ।  कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा सडक खण्डको एक्लेसाल र कालाखोलामा खसेका दुई भीमकाय पहिरोले वर्षायाममा सास्ती दिएपछि यात्रा सहज यात्राका लागि विकल्पको रुपमा पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । करिडोरको कालाखोला र मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको नयाँपुल जोड्ने मोटरेबल पुल […]

माया खोलामा पुल नहुँदा दुई गाउँको ‘सम्बन्ध विच्छेद’

दाङ, मङ्सिर ५ गते ।   दंगीशरण गाउँपालिका वडा नम्बर ३ हेकुली र वडा नम्बर ५ सलौराबिचको सीमा क्षेत्र माया खोलामा अझै पनि पुल नबन्दा दुबै गाउँका बासिन्दा आवत–जावतमा वर्षौंदेखि समस्या भोगिरहेका छन् । हिँडेर जम्मा १० मिनेटमै पुगिने दूरी भए पनि खोलामा पुल नहुँदा घण्टौ लाग्ने वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यकता स्थानीयको छ । स्थानीय […]

सामाजिक सुरक्षा कोषमा कर्मचारीलाई अनिवार्य आवद्ध गराउन जोड

काठमाडौँ, मङ्सिर ३ गते।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२-०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खरेलले उक्त निर्देशन दिनुभएको हो । मन्त्री खरेलले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल